दैलेखमा बस दुर्घटना चालकको मृत्यु, सहचालक घाइते

Accident111

काठमाडौँ । दैलेखको गुराँस गाउँपालिका ४ स्थित घोडाबासमा बुधबार बस दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

तल्लो डुङ्गेश्वरबाट कञ्चनपुरतर्फ जाँदै गरेको ना ५ ख १६८५ नम्बरको बस दुर्घटना हुँदा कञ्चनपुरको भीमदत्त नगरपालिकाका करिब ४५ वर्षीय कल्यानसिङ बोहोरोको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक नयनबहादुर साउदले जानकारी दिए ।

दुर्घटनामा परी सोही ठाउँका ३५ वर्षीय सहचालक जयराज आवस्थी घाइते भएका छन् । साउदका अनुसार दुर्घटनामा परेको बसमा चालक र सहचालक मात्रै सवार रहेको र बस रोडबाट करिब तीन सय मिटर तल खसेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...