नेपालमा स्वास्थ्य संकटकाल घोषणा गर्ने मन्त्रिपरिषदको तयारी

Mantriparishad

काठमाडौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल (हेल्थ इमर्जेन्सी) घोषणाको प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने निर्णय गरेको छ । बुधबार मन्त्रालयमा बसेको बैठकको निर्णय नम्बर २ मा दुई हजारभन्दा बढी कोरोना संक्रमणको एक्टिभ केस देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत् हेल्थ इमर्जेन्सी घोषणाको प्रस्ताव गर्ने भनिएको छ।

संक्रामक रोग ऐन २०२० को दफा २ मा नेपालभर या देशको कुनै भागको मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा नेपाल सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिहरूको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सक्ने व्यवस्था छ।

सोही ऐनलाई टेकेर हेल्थ इमर्जेन्सी घोषणा गर्ने प्रस्ताव गरेको मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमको प्रमुख डा. गुणराज लोहनीले बताए । उनले भने, ‘हेल्थ इमर्जेन्सीको मापदण्ड मन्त्रिपरिषद्ले स्वीकृत गरेपछि जारी गर्छौं ।’

बुधबार सोही विषयमा छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रालयका तथा स्वतन्त्र विज्ञलाई समेत छलफलमा बोलाएका छन् । छलफलले पनि स्वास्थ्य संकटकालको खाका तयार गर्ने डा. लोहनीले बताए ।
हेल्थ इमर्जेन्सी घोषणा गर्ने आधार के हो ?

डा. लोहनीका अनुसार संक्रमणको रफ्तार बढ्दै जाँदा अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो । ‘संक्रमणको रफ्तार बढ्दै गएपछि पहिलेभन्दा बढी सचेत हुनुपर्छ, सोही कारण यो निर्णय गरिएको हो’ उनले भने।

मन्त्रालयले गत मे महिनामा बनाएको ‘हेल्थ सेक्टर इमर्जेन्सी रेस्पोन्स प्लान’ मा दुई हजारभन्दा बढी कोरोना संक्रमित पुगे घरमै आइसोलेसनमा राख्ने उल्लेख गरिएको छ।

यस्तै, दुई हजारदेखि पाँच हजारसम्म संक्रमित पुगेमा दोस्रो चरणको उपचार रणनीति लागु हुनेछ । यस्तै, पाँच हजारदेखि १० हजार संक्रमित पुगेको अवस्थामा मन्त्रालयको तेस्रो चरणको उपचार रणनीति लागु हुनेछ ।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोभिड-१९ को बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने पाँच सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो।

‘अक्सिजन सपोर्ट, आईसीयू नचाहिने र लक्षण नभएकाहरूलाई घरमै आइसोलेट गर्ने पहिलेदेखिकै तयारी थियो’ डा. लोहनीले भने, ‘त्यसो नगरिकन सबैलाई अस्पतालमा राख्दा हाम्रो पूर्वाधारले धान्दैन, अहिले त्यही अवस्था आउन लागेकाले हेल्थ इमर्जेन्सीको तयारी गरिएको हो ।’

स्वास्थ्य संकटकाल घोषणाका लागि पहिलो चरणको तयारी पूरा
स्वास्थ्य संकटकाल घोषणा गर्नका लागि स्वास्थ्य मन्त्रालयले लक्षण नदेखिएका र कम देखिएका कोभिड-१९ का संक्रमित घरमै आइसोलेसनमा बस्न सक्नेगरी मापदण्ड बनाइएको छ।

उक्त मापदण्डअनुसार अब कसैको कोरोना परीक्षण नतिजा पोजेटिभ आएमा लक्षण नभएका ( एसिम्योयाटिक) हल्का (माइल्ड), मध्यम (मोडरेटेड), गम्भीर (सेभियर) र नाजुक (क्रिटिकल) के हो भनेर यकिन गर्नुपर्छ ।

लक्षण नभएका र हल्का लक्षण भएकाहरू घरमै आइसोलेसनमा बस्न सक्नेछन् । तर यसका लागि पालना गर्नुपर्ने शर्तहरू छन् ।

हावा खेल्ने तथा प्रकाश पर्याप्त आउने छुट्टै कोठा राख्ने, उपचार अवधिभरबाहिर ननिस्कने र आवश्यक सामग्री परिवारका सदस्यहरुमार्फत् मगाउने, खानपिनमा सावधानी, दिनमा तीन पटक ज्वरो जाँच गर्नेलगायत छन् ।

यसरी आइसोलेनमा बसेकाहरूमध्ये लक्षण नदेखिएकाहरू १४ दिनपछि छुट्नेछन् भने हल्का लक्षण देखिएकाहरू १४ दिनपछि लक्षण निको भएको तीन दिनपछि आइसोलेसननबाट निस्कन सक्नेछन् । यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मीले प्रमाणीकरण गर्नुपर्नेछ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...