एमसीसी खारेज गर्न माग गर्दै माइतीघरमा प्रदर्शन

Rez mcc

काठमाडाैं । सरकारले अमेरीकी सहयोग परियोजना (एमसीसी)का कार्यक्रम बजेटमा राखेर ल्याएपछि विरोध सुरु भएको छ । त्यसो त संसदमा विधेयक दर्ता भएदेखि नै विरोध सुरु भएको थियो ।

एमसीसी सैन्य रणनीति सम्बन्धि कार्यक्रम भएको र यसलाई संसदबाट अनुमोदन गर्न नहुँने आवाज उठिरहेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले एमसीसी सम्बन्धि कार्यक्रम विगत ३ बर्षदेखि बजेटमा राखिएको र संसदबाट पारित नहुँदासम्म कार्यन्वयन नहुँने स्पष्टिकरण दिईसकेको छन् ।

लकडाउनकाबीच पनि विभिन्न राजनीतिक दल तथा समूह र स्वत स्फूर्त रुपमा एमसीसीको विरोध भईरहेको छ । आज युवाहरुको समूहले काठमाण्डौं माइतिघर मण्डलामा एमसीसीको विरोधमा प्रर्दशन गरेको छ । लकडाउनकाबीच युवाहरुलको समूहले प्रर्दशन गरेको हो ।

अब आन्दोलन सरकारले एमसीसी खारेज नगरे सम्म जारी रहने अनेरास्ववियूका नेता भुमिराज अधिकारीले बताए।

उत्त कार्यक्रममा अनेरास्ववियूका नेता निर्गराज जैशी, सगर केसी, रबिन बस्नेत , उपदेश यादव, भुमिराज अधिकारी, निरज श्रेष्ठ,पुजा खुसि कडेल लगायतको उपस्थीती रहेको थियो ।

प्रतिकृया दिनुहोस