एमसीसी प्रकरण : पोखरामा ओली र देउवाको पुत्ला दहन

Dub oli

पोखरा । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन गर्न नहुने भन्दै प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेत्रविक्रम चन्द विप्लवका कार्यकर्ताले पोखरामा बुधबार प्रधानमन्त्री केपीशर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको पुत्ला दहन गरेको छ ।

एमसीसी सम्झौंता राष्ट्रघाती रहेको भन्दै सेती नदीस्थित घाटमा नारा लगाउँदै प्रधानमन्त्री ओली र काँग्रेसका सभापति देउवाकाे पुत्ला दहन गरिएको थियो ।

सरकारले बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाईनसमेत समावेश गरेपछि प्रतिपक्षले समेत यसको समर्थन गरेको भन्दै सरकार र प्रतिपक्ष दल दुवैको विरोधमा उत्रिनु परेको नेकपाका कास्की सेक्रेटरी विजयले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...