रुखमा बाधेर छोरीलाई बलात्कार गर्ने बुवा पक्राउ

Baba rape arest

डडेल्धुरा । आफ्नै छोरीलाई रुखमा बाँधेर बलात्कार गर्ने बुवालाई प्रहरी पक्राउ गरेको छ ।

कैलालीको चुरे गाउँपालिका–५ भासु बजारमा बस्दै आएका ४५ वर्षिय पुरुषले आफ्नै जेठी छोरीलाई जंगलमा लगी रुखमा बाँधेर बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय फल्टुडे कैलालीले गएराति १० बजे पक्राउ गरेको छ ।

जेठ १७ गते रुखमा बाधेर बलात्कार गरेको भन्दै पीडित युवतिले उजुरी दर्ता गरेकी थिईन ।

उजुरी दर्ता भएदेखी फरार रहेका उनका बुवालाई मंगलबार राति १० बजे सहजपुरको जंगलबाट पक्राउ गरेको ईलाका प्रहरी इन्चार्ज इन्सपेक्टर माधब विश्वकर्माले बताएका छन् ।

भासुको जंगलमा रुखमा हात र खुट्टा बाँधेर बलत्कार गरेको र कसैलाई खबर गरे मार्ने धम्कीसमेत दिएको पीडितको भनाइ रहेको समेत इन्सपेक्टर विश्वकर्माले बताए ।

पीडित युवतीलाई उपचारका लागी पठाइएको र पिडक बुवालाई कारवाहीका लागी जिल्ला प्रहरी कार्यालय कैलाली पठाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...