डडेल्धुरामा क्वारेन्टाइनमा बसेकी एक महिलाको मृत्यु

Death photo1

काठमाडौँ । डडेल्धुराको क्वारेटाइनमा बसेकी एक महिलाको मृृत्यु भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वारेन्टिनमा बसेकी ३० वर्षीया महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक महिला र उनका श्रीमान् भारतबाट ४ दिन पहिले आएको वडाल प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक धनबहादुर विष्टले बताए ।

‘राति श्रीमानसँगै शौचालय गएकी महिला एक्कासी बेहोस भएपछि मृत्यु भएको खबर आएको छ,’ विष्टले भने, ‘हामी त्यहाँ पुग्दै छौँ । हामी पुगेपछि थप कुरा आउला ।’

गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लले पनि महिलाको मृत्यु भएको पुष्टि गरे । उनले चिकित्सकको टोली पुग्न केही समय लाग्ने जानकारी दिए ।

प्रतिकृया दिनुहोस