कोरोना संक्रमित बसेको क्वारेन्टाइनमा भान्से नआएपछि संक्रमित भोकै

Quraentain2

काठमाडौँ । धनुषाको बगचौरा मावि क्वारेन्टाइनमा बसेकामध्ये २ जनामा कोरोना पुष्टि भएपछि भान्से समेत जान छोडेका छन् । हंसपुर नगरपालिका २ को यो क्वारेटाइनमा ५१ जना थिए । उनीहरु मध्ये दुई जनालाई कोरोना संक्रमण भएको सोमबार पुष्टि भयो ।

यससँगै क्वारेटाइनमा बसेकाहरुलाई खाना पकाउनेहरु आउन छाडेका छन् । स्वास्थ्यकर्मीहरु पनि आएनन् । पर्सनल प्रोटेक्सन इक्यूपमेन्ट (पिपिई) नदिएसम्म काममा नफर्किने उनीहरुले बताएका छन् । क्वारेन्टिनमा बसेकाहरु भने बिहानैदेखि भोकै छन् । नजिक घर भएका व्यक्तिका परिवारबाट खाना आएको छ भने टाढा घर भएका भोकै छन् ।

क्वारेटाइनमै बिरामी भएका आफ्ना पति भोक्कै भएपछि आफूले खाना लिएर गएको सोनीदेवी बताइन् । भारतको सुरतमा काम गर्दै आएका उनका श्रीमान् आउनेवित्तिकै क्वारेन्टिनमा बिरामी परेका छन् । मंगलबार बिहानदेखि कोही पनि नआएको क्वारेटाइनमा बसेका इन्दल राउतले बताए ।

बिहान नगरपालिकाका कार्यालय सहयोगी आएर पानीको बोतल दिएर गएपछि उनी पनि फर्केर नआएको उनले बताए । धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले संक्रमित फेला परेपछि कुनै किसिमको जानकारी त्यहाँबाट नपाइएको बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...