२८८ जना काेराेना संक्रमित थपिए, नेपालमा जम्मा २ हजार ९९ पुगे

Corona updateting

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा २८८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । यो सगैँ नेपालमा कुल संक्रमितको संख्या २ हजार नाघेको छ ।

राष्ट्रिय जनश्वास्थ्य प्रयोगशाला टेकु, भेरी, सुर्खेत, हेटौडा, नेपालगञ्ज, पोखरा, धरान लगायतका प्रयोगशालामा भएका परीक्षणमा यो संक्रमण पुष्टी भएको हो । आज २७० पुरुष र १८ जना महिला रहेका छन् ।

पर्वतमा ५, स्याङ्जामा ५, रौतहटका ३८, सप्तरीका १, बर्दियाका ३, बाँकेका १७ जना, सुर्खेतका २७ जना, दैलेखमा ९ जना, सल्यानमा १८ जना, अछामका १० जना, बाराका १ जना, दाङमा १७ जना, प्युठानमा १ जना, कंचनपुरका ८ जना, कैलालीका १० जना, धनुषाका ६ जना रहेका छन् ।

महोत्तरीका २ , रौतहटका ३६ जना, सर्लाहीका २१ जना, सिरहाका १७ जना, भक्तपुरका १ जना, धादिङ १ जना, कपिलबस्तुका १६ जना, काठमाडौं ४ जना, नवलपरासी पूर्वमा १ जना, नवलपरासी पश्चिममा १, नुवाकोटमा २ जना र रुपन्देही १० जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

डा. देवकोटाका अनुसार कुल २ हजार ९९ जना संक्रमित पुगेको छ । एक सय ५० महिला रहेका छन् । ६१ जिल्लामा संक्रमण फैलिसकेको छ ।

२ सय ६६ जना डिस्चार्ज भएका छन् भने ८ जनाको मृत्यु भईसकेको छ । देशभर एक लाख ४५ हजार बढी क्वारेन्टाईनमा रहेको डा. देवकोटाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...