फिफा वरीयतामा नेपाल एक स्थान तल

काठमाडौं । फिफा वरीयतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले बिहीवार जारी गरेको नयाँ वरीयतामा नेपाल एक स्थान तल झर्दै १६६औं स्थानमा पुगेको हो । अघिल्लो महिना पनि नेपाल चार स्थान तल झरेर १६५औं स्थानमा पुगेको थियो ।

दक्षिण एसियामा भने नेपाल, भारत र माल्दिभ्सपछि तेस्रो स्थानमै छ । दक्षिण एसियामा भारत सबैभन्दा माथि १०३औं  र माल्दिभ्स १५२औं स्थानमा छ । भारत दुई स्थान र माल्दिभ्स एक स्थान तल झरेको हो ।

यस्तै  बंगलादेश एक स्थान सुधार गर्दै १८२औं स्थानमा उक्लेको छ भने,भुटान १८६औं स्थानमा यथावत छ । श्रीलंका एक स्थान सुधार गर्दै २००औं स्थानमा उक्लेको छ भने पाकिस्तान पनि एक स्थान सुधार गर्दै २०४औं स्थानमा उक्लेको छ ।

यस्तै विश्व वरीयतामा भने बेल्जियम शीर्ष स्थानमा यथावत छ । घरेलु मैदानमा भएको कोपा अमेरिकाको उपाधि जितेको ब्राजिल दोस्रो स्थानमा उक्लेको छ । विश्व च्याम्पियन फ्रान्स तेस्रो स्थानमा झरेको छ । इंग्ल्याण्ड चौथो स्थानमा यथावत छ भने उरुग्वे ३ स्थान सुधार गर्दै पाँचौ स्थानमा उक्लेको छ ।


प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...