लकडाउनले जनता घरभित्रै : बैंक र इन्सुरेन्सका हाकिम पैसा बोकेर जुवा खेल्न तारे होटलमा

Jjn

कमलादीको एक होटलमा जुवा खेलिरहेका ८ जना व्यापारी र होटल सञ्‍चालकलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी वृत्त दरबारमार्गको टोलीले गएराति कमलादीमा रहेको होटल बुटिकबाट उनीहरूलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीका अनुसार उनीहरुको साथबाट दुई लाख ७७ हजार रूपैयाँ बरामद गरिएको छ।

एसएसपी ज्ञवालीका अनुसार होटल सञ्चालक मिक्की जोगाईसहित व्यापारीहरू अशोककुमार अग्रवाल, गोविन्दराम सरिया, नन्दकिशोर शर्मा, पुरुषोत्तम अग्रवाल, सुरेश अग्रवाल, रामचन्द्र संघाई, विमल अहुजा र विमलकुमार खेतान पक्राउ परेका छन्।

प्रहरीलाई प्राप्त सूचनाका आधारमा वृत्तका डीएसपी रञ्‍जन दाहाल नेतृत्वको टोलीले होटलमा छापा मारेको थियो। पक्राउ परेका सबै व्यापारी उच्च घरानाका रहेको खुलेको छ। प्रहरीले पक्राउ परेका होटल सञ्चालक र आठैजना व्यापारीलाई मुद्दा चलाएर आवश्यक कारवाही गरिने जनाएको छ। घटनास्थलबाट १ सय ७९ वटा सिक्का बरामद भएको छ, जसलाई ‘डिकोड’ गरेपछि जुवामा कारोबार भएको यकिन रकमबारे खुल्नेछ । यो क्यासिनोमा खेलिने जुवाको शैली हो ।

गत वर्ष १ भदौमा मुलुकी अपराध संहिता जारी हुनुअघि जुवा खेल्ने व्यक्ति २ सय रुपैयाँ जरिवाना तिरेर छुट्ने गरेका थिए । तर, संहिताले पहिलोपटक जुवा खेल्ने र खेलाउनेलाई ३ महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था गरेको छ ।

दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना लाग्ने भनिएको छ । त्यसपछि पनि जुवा खेल्ने र खेलाउने गरेमा ३ वर्षसम्म कैद र १० हजार जरिवाना तोकिएको छ ।

जुवा खेल्नेमात्र नभई अरुले खेलेको ठाउँमा च्याखे थाप्नेहरुलाई पनि जुवा खेलेकै सरह कारबाही हुने कानुनमा उल्लेख गरिएको छ । जुवा खेल्न कसैले घर, कोठा, कुनै सम्पत्ति र गाडीमा ठाउँ दिएमा त्यस्तालाई पनि जुवा खेल्ने सरह नै कारबाहीको व्यवस्था गरिएको छ ।

कोरोना महामारीका कारण अहिले एक वर्षसम्म कैद सजाय हुने घटनामा हिरासत बाहिरै राखेर पनि कारबाही प्रक्रिया अघि बढाउन मिल्ने गरी व्यवस्था गरिएको छ । त्यसैले ८ जना भीआईपी जुवाडेले धेरै दिन हिरासत भने बस्नु नपर्ने अधिकृतहरु बताउँछन् ।

अशोक अग्रवाल र विमल अउजा विशाल ग्रुपका संचालक हुन् । अशोककुमार अग्रवाल लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी) का संचालक पनि हुन । रामचन्द्र संघाई एनआईसी एशिया बैंकका सञ्चालक हुन् । संघाईलाई गएको बर्ष नेपाल सरकारको “महत्वपूर्ण व्यावसायिक व्यक्ति” सम्मानबाट विभूषित गरिएको थियो । उनी सुवास संघाईका भाइ हुन् । र, संघाई ग्रुपका संचालक हुन् ।

उनीहरुबाट दुई लाख ७७ हजार सात सय २० रुपैयाँ नगद र एक सय ७९ वटा चिप्स बरामद भएको छ । उनीहरूले तास खेलिरहेको चिप्समार्फत हिसाब गरेकाले ठूलो परिमाणमा हारजित भएको प्रहरी अनुमान छ ।

पुरुषोत्तम घिराइया कपडा ब्यापारी हुन् । गोविन्दराम सरिया झापाको चिया उद्योगीको भेषमा हुन्डीको कारोबार गर्दैआएका छन् । उनीहरुको साथबाट दरबारमार्ग प्रहरी बृत्तको टोलीले क्यासिनो खेलमा प्रयोग हुने सिक्का समेत बरामद गरेको समाचार छ । लकडाउनको समयमा क्यासिनो शैलीमा होटेलमा जुवा खेलिरहेका उनीहरुमाथि जुवा ऐनअन्तर्गत मुद्दा चलाइने महानगरिय प्रहरी परिसर काठमाडौंका एक अधिकारीले वताए ।

कमलादीस्थित गगौंर बुटिक होटेलबाट सोमबार साँझ क्वाइन र पैसा सहित पक्राउ परेका भिआइपी जुवाडेहरुमध्ये एक हुन ज्योति लाइफ इन्सुरेन्स कम्पनीका अध्यक्ष नन्दकिशोर शर्मा । उनीसँगै उनका छोरी ज्वाई तथा बुटिक होटलका संचालक भारतीय नागरिक मिक्की जोगाई पनि पक्राउ परेका छन्।

उनले सो होटलमा खासगरि मारवाडी समुदाय र धनाढ्यहरुका लागि जुवा खेलाउँदै आएका थिए। त्यस्तै, पक्राउ परेका अर्का व्यक्ति सूर्य लाइफ इन्सुरेन्सका संचालक सुरेश अग्रवाल हुन।

उनका छोरा बिशाल अग्रवालले भने बिशाल ग्रुप अन्तर्गतका कम्पनीहरु हेर्दै आएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...