पर्वतमा पनि भेटिए कोरोना संक्रमित, गण्डकी प्रदेशमा संक्रमित सख्या ३७ पुग्यो

Corona 2 1

काठमाडौँ । गण्डकी प्रदेशमा थप १० जनामा कोरोना पुष्टि भएको छ । स्याङ्जा र पर्वतमा ५–५  जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. विनोदबिन्दु शर्माका अनुसार स्याङ्जा चापाकोटका नगरपालिकाका २२, २६, ३२ र ४० का ४ जना पुरुष र स्याङजा विरुवा गाउँपालिकाका २० वर्षीय पुरुष गरी ५ जनामा कोरोना पुष्टि भएको हो ।

त्यस्तै पर्वत जिल्लामै पहिलो पटक कोरोना भेटिएको छ । मंगलबार पर्वत फलेबास नगरपालिकाका २० र ४० वर्षीय पुरुष, महाशिला गाउँपालिकाका १९, २० र २१ वर्षका ३ जना पुरुष गरी पर्वत जिल्लामा ५ जनामा कोरोना संक्रमणको पुष्टि भएको डा. शर्माले जानकारी दिए ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । जसमध्ये बागलुङमा २ र लमजुङका एकजना गरी ३ जना निको भई घर फर्किसकेका छन् । गण्डकीका बागलुङ, स्याङ्जा, लमजुङ, तनहुँ, नवलपुर, गुल्मी, म्याग्दी गरी ७ जिल्लामा कोरोना देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...