युभेन्ट्सले आफ्नै देशको प्रतिद्धन्दी इन्टर–मिलानलाई हरायो

युभेन्ट्सले आफ्नै देशको प्रतिद्धन्दी इन्टर–मिलानलाई हरायो

काठमाडौं ।  प्रि–सिजन भ्रमणमा रहेको इटालीयन क्लब युभेन्ट्सले आफ्नै देशको प्रतिद्धन्दी इन्टर–मिलानलाई पराजित गरेको छ ।


चीनमा गएराती भएको इन्टरनेसनल च्याम्पियन्स कपको खेलमा युभेन्ट्सले इन्टरलाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्‍यो ।


नानजिङ ओलम्पिक स्टेडियममा निर्धारित समयको खेलमा १–१ गोलको बराबरी भएपछि खेल टाई ब्रेकरमा पुगेको थियो ।


निर्धारित समयमा युभेन्टसका लागि क्रिश्चियानो रोनाल्डोले एक गोल गरेका थिए भने युभेन्टसकै माटियास डे लिटले एक आत्माघाति गोल गरेपछि इन्टर मिलानले उपहार पाएको थियो । टाइ ब्रेकरमा युभेन्ट्स ४–३ ले विजयी भयो । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...