छबी र शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी

काठमाडौं । फिल्म निर्माता छविराज ओझा र नायिक शिल्पा पोखरेलविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । बहुविवाह सम्बन्धी कसूरमा अनुसन्धानका लागि जिल्ला अदालत, काठमाडौंले दुवै जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले पूर्जी जारी भएको पुष्टि गरे । प्रहरीका अनुसार हेमा ओझाले दिएको जाहेरीको आधारमा महिला सेल, कालिमाटीले अनुसन्धान थालेको छ ।

शिल्पा पोखरेलसंग चौथो विवाह गरेका छबी ओझा अहिले पारिवारिक तनावमा छन् । शिल्पालाई गालामा थप्पड हानेपछि छविराज ओझा बिरुद्ध शिल्पाले काठमाडौ प्रहरी परिसर टेकुमा उजुरी दिएकी थिइन् । प्रहरी कार्यालयमा मिलापत्र गरेर फर्किएपनि छवि शिल्पाको सम्बन्ध सुमधुर हुन सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेनुस् आज शुक्रबारको राशीफल

Pathivara mai

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)लामो धार्मिक तथा शैक्षिक यात्रा गर्दा ध्यान दिनुहोला बाटोमा दुख हुन...