सोमबार एकै दिन २३९ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा पुग्यो १८११ जना

Corona update

काठमाडौं । पछिल्लो समय कोरोना संक्रमण वृद्धिको दर निक्कै बढेको छ । सोमबार एकै दिन नेपालमा एकैदिन २३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमबार दिउँसो मात्रै स्वास्थ्य मन्त्रालयले २ सय २६ जनामा संक्रमण भएको पुष्टि गरेको थियो । साँझ थप १३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि गरेको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डा. समीर कुमार अधिकारीले विज्ञप्ति जारी गर्दै थप १३ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

संक्रमितमध्ये पाल्पाका दुई नवलपरासी ९ (पश्चिम०) का १, गुल्मीका १, कपिलवस्तुका ७ र रुपन्देहीका २ जनामा कारोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १८११ पुगेको छ ।

यसअघि आजैको नियमित प्रेस ब्रिफिङमा पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता विकास देवकोटाले २ सय २६ जना नयाँ कोरोना संक्रमित भेटिएको बताएका थिए ।

झापाका २ जनामा पोजेटिभ देखिएको छ । यस्तै पोखरामा भएको परीक्षणमा नवलपरासीका ३, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४३ जनामा पोजेटिभ देखिएको छ ।

जसमा दैलेखका २४ र जुम्लाका १८ जना रहेका छन् । सुर्खेतमा भएको परीक्षणमा दैलेखका १७, सल्यानका १० र सुर्खेतका ५ गरी ३२ जनामा पोजेटिभ देखिएको छ ।

यस्तै धुलिखेलमा परीक्षणमा कलिवस्तुका २, रौतहटका १८ जनामा पोजेटिभ देखिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा ९२ जनाको पोजेटिभ देखिएको छ ।

धनुषाका ७, कपिलवस्तुका ३८, महोत्तरीका २, मकवानपुरका १, सर्लाहीका ३८, सिरहाका ५ र उदयपुरका १ जनामा पोजेटिभ देखिएको छ । यस्तै सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा १८ जनामा पोजेटिभ देखिएको छ ।

कैलाली १४ तथा अछाम, बैतडी, डोटी र कञ्चनपपुरमा १—१ जनामा पोजेटिभ देखिएको छ । यस्तै भेरी अस्पतालमा भएको परीक्षणमा बाँकेका ७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा दाङका ९ जनामा पोजेटिभ देखिएको छ । अहिले प्रदेश नम्बर १ मा १ सय ३८, प्रदेश नम्बर २ मा ५ सय ८९, बागमती प्रदेशमा १५ र गण्डकी प्रदेशमा २३ जना संक्रमित आइसोलेसनमा उपचाररत रहेका छन् ।

यस्तै प्रदेश नम्बर ५ मा ५ सय ७०, कर्णाली प्रदेशमा १ सय ९७ र सुदूरपश्चिम प्रदेशमा ३७ जना गरी १ हजार ५ सय ६९जना संक्रमित उपचाररत रहेको उनले बताए ।

देशभरीका विभिन्न अस्पतालमा उपचाररत २ सय २१ जना उपचारपछि निको भएर घर फर्किएका छन् ।

corana13

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...