नेपालमा फेरी थपिए ३५ जना कोरोनाका संक्रमित

Cornan35

काठमाडाैं । कर्णाली प्रदेशमा सोमबार थप ३५ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

थपिएका ३५ जनामध्ये सुर्खेतका १६ जना, दैलेख र सल्यानका ९÷९ जना र अछामका एकजना रहेको सामाजिक विकास मन्त्रालय अन्तर्गतको जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।

संक्रमित हुनेहरुमा सुर्खेतको लेकवेशी नगरपालिका वडा नं. १, २, ३, र ५ का १२ जना, पञ्चपुरी नगरपालिका वडा नं. १० का एकजना, भेरीगंगा नगरपालिका ११ का तीन जना छन् । लेकवेशी नगरपालिका(१ की ८ वर्षीया बालिका र भेरीगंगा नगरपालिका ११ का ४ वर्षीया बालकमासमेत संक्रमण देखिएको छ।

दैलेखको नारायण नगरपालिका वडा नं. १, ३ र ८ का ७ जना, चामुण्डा बिन्द्रासैनी नगरपालिका ७ का एकजना, नौमुले गाउँपालिका २ का एकजना पुरुष रहेका छन् ।

त्यस्तै सल्यान बनगाड कुपिण्डे नगरपालिका वडा नं। ३, ४ र ६ का ९ जना पुरुष रहेका छन् भने अछाम चौपाटी गाउँपालिका २ का एक रहेका छन् ।

प्रतिकृया दिनुहोस