नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति आज सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति आज दिउँसो सार्वजनिक गर्ने भएको छ । चालु वर्षका लागि सरकारले बजेट ल्याएको करिब दुई महिनापछि केन्द्रीय बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो । 

राष्ट्र बैंकले यसअघि नै ल्याएका नीतिलाई निरन्तरता दिँदै नयाँ मौद्रिक नीति ल्याउन लागेको हो । आफ्नो पहिलो मौद्रिक नीतिमार्फत बैंक तथा पुँजी वृद्धिको नीति लिएका गभर्नर डा. चिरञ्जीवी नेपालले अन्तिम मौद्रिक नीतिमार्फत वित्तीय संस्थाको मर्जरलाई जोड दिने तयारी गरेका छन् । 

सरकारले राखेको उच्च आर्थिक विकास र न्यून मुद्रास्फीति लक्ष्यको बीचमा मौद्रिक सन्तुलन मिलाउनु राष्ट्र बैंकका लागि चुनौतीपूर्ण हुने अनुमान गरिएको छ । सरकारले चालु वर्षमा ८.५ प्रतिशतको आर्थिक वृद्धि र ६ प्रतिशतको मुद्रास्फीतिको लक्ष्य राखेको छ ।  कृषि, जलविद्युत लगायतका क्षेत्रमा बाध्यकारी लगानी बनाए पनि त्यसको कार्यान्वयन नभएपछि दबाब दिने तयारी गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

लोकसेवाले २५ सय कर्मचारीका लागि स्वास्थ्य समूहको विज्ञापन गर्दै

काठमाडौं । सरकारले भदौ अन्तिमसम्म स्वास्थ्य तर्फको लोकसेवा आयोग खुलाउने तयारी शुरु गरेको छ ।  स्व...