गृहले गर्‍यो एकैपटक ४४ उपसचिवको सरुवा, को कहाँ परे ? सुचीसहित

Griha mantralay

काठमाडौं । गृह मन्त्रालयले एकैपटक ४४ जना उपसचिवको सरुवा गरेको छ । गृहमन्त्रालयको जेठ १८ गतेमा भएको मन्त्रीस्तरको निर्णयबमोजिम विभिन्न कार्यालयमा कार्यरत उपसचिवहरुको सरुवा, काज तथा पदस्थापना गरिएको हो ।

सोमबार मन्त्रालयले प्रमुख जिल्ला अधिकारी दरबन्दीसहित ४४ जना उपसचिवको सरुवा गरेको हो । यसअघि पाल्पाका सिडिओ यादव सुवेदीलाई गृहमन्त्रालयको सहसचिवका रुपमा काजमा खटाइएको छ ।

मन्त्रालयले सुर्खेतमा सिडिओ रमेश न्यौपानेलाई जिल्ला प्रशासन कार्यालय पाल्पामा सरुवा गरिएको छ । त्यसैगरी बर्दियाका सिडिओ प्रेम लामिछानेलाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।

गृहमन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत सहसचिव हिरालाल रेग्मीलाई सुर्खेतको सिडिओमा पदस्थापन गरिएको छ ।

काठमाडौंको डिल्लीबजार कारागार जेलर अरुण पोखरेलाई उदयपुरको सहायक सिडिओमा सरुवा गरिएको छ भने ओखलढुंगाका सिडिओ गणेश आचार्यलाई डिल्लीबजार कारागारको जेलरमा सरुवा गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सहायक सिडिओ जीवन आचार्यलाई संखुवासभाको सिडिओमा सरुवा गरिको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...