सोनारी दुर्घटना : मृतकमध्ये दुईको जनाको सनाखत, घाइतेको सनाखत (सुचीसहित)

Banke accident 19

नेपालगञ्ज । बाँकेको राप्ती सोनारी गाउँपालिका–२ ठुरिया जंगलमा भएको गाडी दुर्घटनामा घाइते भएका २१ जनाको नामावली सार्वजनिक भएको छ । घाइते भएकाहरु दाङ, सल्यान र रोल्पाका रहेको प्रहरीले जनाएको छ । उनीहरु भारतबाट फर्केर आ–आफ्ना घर जाँदै थिए ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती सोनारी गाउँपालिका–२ स्थित ठुरे जंगलमा बिग्रेर रोकिराखेको ना ४ ख ९०६४ नम्बरको ट्रकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा ५ ख ५९९५ नम्बरको फोर्स भ्यान ठोक्किँदा घटनास्थलमै १२ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेहरुमा ११ पुरुष र एक महिला रहेका छन् ।

दुर्घटनामा १२ जनाको मृत्यु भएकोमा गाडी चालक दैलेखका दानबहादुर खड्का र सहचालक सुर्खेतका पवनबहादुर भण्डारीको मात्र सनाखत भएको छ । अन्यको सनाखत गर्ने क्रम जारी रहेको बाँके प्रहरीले जनाएको छ ।

हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको घाइतेहरुको नामावली

  • दाङ जिल्ला धर्ना ४ का ४५ वर्षीय मेघराज केसी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिकाका ३९ वर्षीय विष्णु गिरी
  • दाङ जिल्ला राजपुर २ का २१ वर्षीय जीवन घर्ती
  • दाङ जिल्ला राजपुर गा.पा. ६ का २० वर्षीय दिपेश चौधरी
  • दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका २ का २३ वर्षीय रुपलाल केसी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का तेज बहादुर बुढाथोकी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ४ का २८ वर्षीय लोकेश घर्ती
  • सल्यान जिल्लाका १८ वर्षीय धन बहादुर बोहरा
  • सल्यान जिल्लाका ५२ वर्षीय दीप बहादुर बुढा
  • सल्यान जिल्ला शारदा गा.पा. ६ का टीका चलाउने
  • सल्यान जिल्लाका शिव भण्डारी
  • सल्यान जिल्ला सिद्धकुमाख गा.पा. ५ का २६ वर्षीय निम बहादुर बादी
  • ऐ. का १८ वर्षीय देवेन्द्र बुढाथोकी
  • ऐ. का १७ वर्षीय ज्ञान बहादुर बोहरा
  • दाङ जिल्लाका २० वर्षीय भरत थापा
  • रोल्पा जिल्ला त्रिवेणी गा.पा. ७ का १७ वर्षीय सुनिल परियार
  • ऐ. का २० वर्षीय वीरेन्द्र परियार
  • ऐ. का १८ वर्षीय पुरन परियार
  • रोल्पा जिल्ला कुरैति गा.पा. २ का ५२ वर्षीय नर बहादुर विक
  • रोल्पा जिल्ला टुटु ८ का ४० वर्षीय दिल ब. बिक
  • सल्यान जिल्ला कुपिण्डेदह गा.पा. का २० वर्षीय मिनराज बि

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...