रुकुम हत्याकाण्डको विरोधमा चर्किन थाल्यो आन्दोलन, शान्तिपूर्ण आन्दोलनमा प्रहरीको हस्तक्षेप

Pradarsan 18

काठमाडौं । पश्चिम रुकुममा भएको बर्बर हत्याको विरोधमा देशभर आनदोलन चर्किएको छ । देशभरका दलित समुदाय स्वतस्फुर्त आन्दोलनमा उत्रिएका छन् । दिनहुँ भइरहेका आन्दोलनमा सहभागीहरुले सो हत्या काण्डमा संलग्नलाई कानुनी कठघरामा उभ्याउन माग गरिरहेका छन् ।

यसैक्रममा आइतबार काठमाडौंमा भएको आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप गरेको छ । प्रहरीले प्रदर्शनकारीलाई तितिरवितिर पार्न लठ्ठी चार्ज गरेको छ भने पानीको फोहोराले समेत हानेको छ ।

प्रहरीका लाठ्ठी चार्जबाट १० जनाभन्दा बढी घाइते भएका छन् । एक जनाको हात भाँचिएको छ ।

प्रर्दशनकारीमाथि प्रहरीले पानी फोहोरा हान्दै लाठीचार्ज गर्दा दुर्गा बराइली, टेकबहादुर विश्वकर्मा, अन्जान परियार, विष्णु विश्वकर्मा, अमर सुनार, प्रेम विश्वकर्मा, राजकुमार परियार, साजन विश्वकर्मा, केके थापा र कविराम विक घाइते भएका छन् । टेकबहादुर विश्वकर्माको हात भाचिएको छ ।

लाठीचार्जबाट प्रर्दशनकारीको ढाड, हात, पिठ्यू, खुट्टा लगायत अंगहरुमा चोट लागेको छ । प्रदर्शनकारीलाई प्रहरीले खेदाईखेदाई लाठ्ठी चार्ज गरेको प्रदर्शनकारीले बताएका छन् ।

आइतबार दिउँसो उक्त घटनालाई लिएर अधिकारकर्मी, विभिन्न राजनीतिक दलसंग आवद्ध युवा, विधार्थीहरुले माइतीघरमा शान्तीपुर्ण विरोध प्रर्दशन गरेका थिए ।

रुकुम नरसंहारको विरोध गर्न पूर्वप्रधानमन्त्री डा।बाबुराम भट्टराई आफै माइतीघर मण्डला पुगेका छन् । अन्तरजातीय प्रेम सम्बन्धलाई लिएर भएको रुकुम नरसंहारको विरोधमा जनता समाजवादी पार्टी (जसपा) ले आइतबार माइतीघरमण्डलामा गरेको प्रदर्शनमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागि भएका हुन् ।

लकडाउनको वेवास्ता गर्दै रुकुम नरसंहारलाई लिएर अहिले माइतीघरमा दिनदिनै विरोध प्रर्दशन भइरहेको छ । त्यहि क्रममा जसपाका कार्यकर्ताहरुले घटनाको विरोध गर्दै निष्पक्ष छानविन गरी दोषीलाई हदैसम्मको कारवाहीको माग गर्दै विरोध गरेका छन् ।

यसैगरी रुकुम घटनाको विरोधमा एकीकृत नेपाल राष्ट्रिय विश्वकर्मा समाज केन्द्रीय समिति, सोलुखुम्बु विश्वकर्मा सेवा समाज, गहतरात संजाल लगायत सम्पूर्ण वन्धू समाजहरुको आयोजनामा माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

पश्चिम रुकुममा भएको जातीय बिभेद र नरसंहार घटनाको भर्त्सना गर्दै विश्वकर्मा समाज, राष्ट्रिय महासंघ नेपालका अध्यक्ष गोपालप्रसाद विश्वकर्माको नेतृत्वमा भएको सो प्रदर्शनमा बरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, गायक तथा नायक एसकुमार लगायतले रुकुममा भएको घटनाले सिंगो देशको वेज्जइती भएको बताए ।

जाजरकोटका २१ वर्षीय नवराज विक जेठ १० गते साथीहरुसहित रुकुम सोतीमा रहेकी प्रेमिका सुष्मा मल्ललाई लिन गएका बेला गाउँलेहरुको आक्रमण परी नवराजसहित ५ जनाको मृत्यु भएको र १ जना अझै वेपत्ता भएको घटनालाई लिएर अहिले काठमाडौं उपत्यकासहित देशभर व्यापक प्रर्दशन भइरहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...