क्वारेन्टाइनमा बसेका साढे ६ वर्षीय बालकको मृत्यु

Daleldhura campus

डडेल्धुरा । डडेल्धुरामा क्वारेन्टाइनमा बसेका साढे ६ वर्षीय बालकको मृत्यु भएको छ । ती बालक मलेरिया रोगबाट ग्रसित थिए भने यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचार गराएका थिए ।

जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालकको आइतबार राति १२ बजे मृत्यु भएको हो ।

डडेल्धुराका प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट आइतबार राति मात्रै डडेल्धुरा पुगेका थिए । उनलाई क्वारेन्टीबाट अस्पताल लगिएको थियो ।

बालकको अस्पताल पुर्‍याउनुभन्दा अघि नै मृत्यु भएको डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बताए । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्‍याइएको थियो ।

उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...