रुपन्देहीमा विभेद अन्त्यको माग गर्दै निरन्तर विरोध प्रदर्शन, ६ जना युवालाई सहिद घोषणा गर्न माग

Butwal pradarsan 17

बुटवल । रुपन्देहीमा रुकुममा भएको हत्याकाण्ड र देवदहकी बालिका हत्यामा संलग्नलाई कारवाहीको माग गर्दै ४ दिनदेखि निरन्तर आन्दोलन चलिरहेको छ ।

शनिबार मात्रै देवदहमा स्थानीय दलित समुदायले स्वत स्फूर्त रुपमा हत्यामा संलग्नाई कारवाहीको माग गर्दै प्रदर्शन गरेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकामा पनि दलित समुदायले स्वतस्फूर्त रुपमा विरोध प्रर्दशन गरेका छन् ।

रुकुममा भएको नरसंहार र रुपन्देही दवदहकी अंगिरा पासीको न्यायका निम्ति सरकारको ध्यानआकर्षण गराउन शनिबार बुटवलमा श्रद्धान्जली तथा दीप प्रज्जवलन गरिएको छ । जातीय भेदभाव अन्त्य गरौं भन्दै दीप प्रज्वलन समेत गरिएको थियो ।

दुबै घटनाको विरोधमा द विश्वकर्मा यूवा यूथ क्लब अफ बुटवलले गरेको श्रद्धान्जली तथा दीप प्रज्जवलन कार्यक्रममा अधिकांसले सो घटनाको निन्दा गर्दै दोशीलाई कानुनी कठघरामा उभ्याउन माग गरे ।

सो श्रद्धाञ्जली सभामा संविधानसभाका सदस्य तथा राष्ट्रिय दलित पत्रकार संघका अध्यक्ष विनोद पहाडीले रुकुम चौरजहारीमा जातीयताकै कारण ज्यान गुमाएका ६ युवालाई साँस्कृतिक सहिद घोषणा गर्न माग गरे । पहाडीले सरकारले निर्मम रुपमा दलित भएकै पासविक रुपमा गाउँलेहरुको आक्रमणबाट हत्या हुँदा पनि सरकारले वेवास्ता गरेकोमा आक्रोश पोखे ।

अन्तरजातीय प्रेम गरेकै कारण जाजरकोटका नवराज विक सहित लोकेन्द्र सुनार, गणेश बुढा, सन्दीप विक, टिकाराम सुनार र गोविन्द शाहीको पासविक रुपमा हत्या भएकाले ६ जनालाई नै साँस्कृतिक सहिद घोषणा गर्नुपर्ने उनको भनाई छ ।

‘प्रधानमन्त्री र गहृमन्त्री ज्यू, हामी अहिलेसम्म संमय छौं, हत्यामा संलग्नलाई कारवाही भएन, साँस्कृतिक सहिद घोषणा गरिएन भने हामी परम्परागत हतियार लिएर सडकमा उत्रन्छौं’ उनले भने, ‘सामान्य घटनामा पनि हेलिकप्टर चार्टर गर्न सक्ने प्रधानमन्त्रीले जातीयताकै कारण नवराज सहितका यूवाहरु निर्मम रुपमा मारिदा पनि सरकारले समवेदनासम्म दिन नसक्नु लज्जास्पद हो की होइन ?’

उनले मृतक परिवारलाई राहात, साँस्कृतिक सहिद घोषणा र दोषीलाई कारवाही नहुँदासम्म निरन्तर आन्दोलनमा उत्रने बताए ।

तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्र श्रीले रुकुम चौरजहारीमा निर्मम रुपमा हत्या भएको भन्दै यो घटना कुनै पनि हालतमा क्षम्य हुन नसक्ने बताए । उनले यो मानवीयताको हिसाबले ठूलो नरसंहार, दलित समुदायमाथिको अपमान भएकाले यसका विरुद्ध हरेक सचेत नागरिक मैदानमा आउनुपर्ने बताए ।

सो अवसरमा राष्ट्रिय दलित पत्रकार संघ, नेपालका केन्द्रीय सदस्य विनोद परियार, दलित अभियान्ता नरबहादुर सुनारले बोल्दै जातीयतामा भएको बर्बर घटनामा संलग्नलाई हदैसम्मको कारवाहीको माग गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...