अर्घाखाँचीमा ३४५३ जनालाई राखियो क्बारेन्टाईनमा

Arghakhachi kwarentine

अर्घाखाँची । र्घाखाँचीमा भारतबाट आउँनेको संख्या बढ्दै गएको छ । क्वारेन्टाईनमा रहेका अधिकांस मानिसहरु भारतका आएका छन् । 

भारतबाट शुक्रबार दिउँसो ३ बजेदेखि शनिबार दिउँसो ३ बजेसम्म अर्घाखाँची आएका ९९ जनालाई क्वारेन्टाईनमा राखिएको छ । अर्घाखाँची जिल्लाका क्वारेन्टाईनमा अहिलेसम्म तीन हजार ४ सय ५३ जनालाई राखिएको छ ।

सन्धिखर्कमा १६ ठाउँमा क्वारेन्टाईन स्थल बनाईएको छ, पाणिनीमा २३, भुमिकास्थानमा ३३, शितगंगामा ५३, मालारानीमा २१ र छत्रदेवमा १६ ठाउँमा क्वारेन्टाईन बनाईएको छ ।

जिल्लाको सन्धिखर्क नगरपालिकामा ५ सय १२ जना क्वारेन्टाईनमा छन् । शितगंगा नगरपालिकामा ८ सय २ जना, भुमिकास्थान नगरपालिकाको क्वारेन्टाईनमा ८ सय ७१ जना, पाणिनी गाँउपालिकाको क्वारेन्टाईनमा ३ सय ७३ जना, मालारानी गाँउपालिकाको क्वारेन्टाईनमा ६ सय ६३ जना र छत्रदेवको क्वारेन्टाईनमा २ सय ३२ जनालाई राखिएको छ ।

अर्घाखाँचीका स्थानीय तहहरूले निरन्तर क्वारेन्टाइन बनाउने र त्यसमा मानिस राख्ने काम गरिरहेको अर्घाखाँची जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस