लकडाउन जेठ ३२ सम्म थप : सेना परिचालन गरिने, अन्तर्राष्टिय नाका र विमानस्थल असार १३ सम्म बन्द

Cabinet miting

काठमाडौं । सरकारले लकडाउन जेठ अन्तिमसम्म बढाउने निर्णय गरेको छ । साथै लकडाउनलाई प्रभावकारी बनाउन नेपाली सेना परिचालन गर्ने भएको छ ।

बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको छ । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय यही जेठ २० गते सकिदैछ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको सिफारिसमा सरकारले लकडाउन लम्बाउने निर्णय गरेको हो ।

आज साँझ बसेको मन्त्रिपरिषद बैठकले जेठ ३२ गतेसम्म लकडाउन लम्व्याउने निर्णय गरेको हो । यसबीचमा लकडाउनको मोडालिटी परिवर्तनबारे समेत छलफल गरिने विषयमा पनि छलफल भएको थियो ।

सरकारले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । सुरक्षा परिषद्को निर्णयअनुसार अब राष्ट्रपतिमा सिफारिस हुने भएको छ ।

विदेशमा अलपत्र परेका नेपालीको उद्दार, देशभित्रै क्वारेन्टाइनको पालना लगायतका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि नेपाली सेना परिचालन गर्ने निर्णय भएको छ ।

बैठकले अन्तर्राष्ट्रिय सिमा नाका र विमानस्थल असार १३ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...