मनिषा कोइरालाको फेरि आयो तहल्का मच्चाउने यस्तो ट्वीट

Manisha koirala

काठमाडौ । अभिनेत्री मनिषा कोइरालाले फेरी अर्काे तहल्कापूर्ण ट्वीट सार्वजनिक भएको छ । जसमा उनले एमसीसी सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।

मनिषाले लेखेकी छन्, ‘हामीले ध्यानपूर्वक पढ्नुपर्दछ । विगतमा हामीले गल्ती गरेका छौं । विश्वास छ, हामीले विगतका गल्तीहरूबाट पाठ सिक्छौं । मलाई टनकपुर सन्धिको समयको सम्झना आउँछ ।’

अमेरिकी सहयोगको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदमा विचाराधीन रहेको बेला पक्षरविपक्षमा बहस भइरहेको छ । यसैबीच अभिनेत्री कोइरालाले सम्झौतालाई ध्यानपूर्वक पढ्न सुझाव दिएकी छन् ।

यसअघि अभिनेत्री कोइरालाले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले लिम्पियाधुरा सहितको नेपाली नक्सा पारित भएको विषयमा गरेको ट्विटलाई समर्थन गर्दै रि–ट्विट गर्दा भारतीय मिडियाले आलोचना गरेका थिए तर मनिषाको राष्ट्रवादी अभिव्यक्तिको नेपालमा प्रशंसा भएको थियो ।

लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितका भूभाग समेट्दै ७ प्रदेश, ७७ जिल्ला र ७५३ स्थानीय तहको प्रशासनिक विभाजन खुल्ने गरी नेपालको नक्सा प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय । आधिकारिक नक्सा भूमिव्यवस्था मन्त्रालयले छिटै सार्वजनिक गर्दैछ ।

लिम्पियाधुरासहित ३३५ वर्ग किलोमिटर भूमि समेटिएको नक्साको पक्षमा उभिएको भन्दै अहिले भारतीय मिडियाले मनिषाको आलोचना गरेका थिए । नेपालले नयाँ नक्सा सार्वजनिक गरेसँगै मनिषाले एक ट्वीट गर्दै त्यसको स्वागत गरेकी थिइन् ।

उनले ट्वीटमा लेखेकी छिन्, ‘सबै तीन महान देशबीच शान्तिपूर्ण र सम्मानजनक छलफलको आशा गर्दछु ।’ उनको यहि ट्वीटको जवाफमा कमेन्टको वर्षा भएको थियो भने भारतीय मिडिया उनीमाथि खनिएका थिए ।

कतिपयले मनिषालाई चीनको पक्ष लिएको समेत आरोप लगाएका छन् । नेपालले चीनको उक्साहटमा नयाँ नक्सा जारी गरेको आरोप लगाउँदै आएका भारतीय मिडियाले मनिषालाई ‘भारतको खाएर चीनको गाएको’ भन्ने आरोप समेत लगाएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...