रेडियोकर्मी चौधरीमाथि मध्यराती सांघातिक आक्रमण

Bifa chaudhari

कैलाली । कैलाली टीकापुरको रेडियोमा कार्यरत सञ्चारकर्मीमाथि आक्रमण भएको छ । टीकापुरमा रहेको रेडियो नमस्तेमा प्राविधिक पदमा कार्यरत बिफा चौधरीलाई हात बाँधेको अवस्थामा प्रहरीले उद्धार गरेको छ ।

टीकापुर नगरपालिका १ को ब्लक नं. १६ मा डेरा गरी बस्दै आएकी चौधरीमाथि शुक्रबार राती अज्ञात समूहले आक्रमण गरेको प्रहरीले जनाएको छ ।चौधरीमाथि आक्रमण भएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी टोलीले शुक्रबार राती उद्दार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरिक्षक दक्षकुमार बस्नेतले चौधरीलाई उनकै कोठाबाट हात बाधेको अवस्थामा उद्दार गरिएको बताए । उपचारपछि उनलाई आमाको जिम्मा लगाईएको प्रहरीले जनाएको छ ।

सो घटनाको नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले निन्दा गरेको छ । शनिबार विज्ञप्ती जारी गर्दै सो घटनामा संलग्नलाई पक्राउ गरी कारवाही गर्न माग गरिएको छ ।

प्रतिकृया दिनुहोस