अझैं टुंगिएन एमसिसी विवाद, बजेटमा एमसीसी घुसाइएकोमा सचिवालय सदस्यले नै विरोध

Nekapa sachiwalaya baithak 18

काठमाडौं । एमसिसीका विषयमा निर्णय गर्न बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा एमसिसीका विषयमा तिब्र विवाद भएको थियो ।

बहुसंख्यकले एमसिसीका प्रावधान सच्चाएर मात्र अगाडि बढ्नुपर्नेमा आफ्नो मत राखेका छन् भने केहीले अगाडि बढाउनु पर्नेमा जोड दिएका छन् । शनिबार बसेको नेकपाको सचिवालय बैठकले मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसीबारे स्पष्ट पार्ने निर्णय गरेको छ ।

बिहीबार सार्वजनिक भएको बजेटमा एमसीसी घुसाइएको भन्दै नेकपाका केही सचिवालय सदस्यले नै विरोध गरेपछि सचिवालय बैठकमा छलफल भएको हो । सरकारले आर्थिक वर्ष २०७७/०७८ को बजेटमा अन्तरदेशीय प्रशारण लाइन निर्माणका लागि ३६ अर्ब २ करोड बजेट विनियोजन गरिएको उल्लेख गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रमबारे जवाफ दिँदा उल्लेख भएअनुसार नै स्पष्ट गर्ने निर्णय भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । ‘एमसीसीका विषयमा शनिबार ठोस निर्णय भने भएन । तर थप छलफल गरी निर्णय गरिने सहमति भयो’ उनले भने ।

यसमा घुमाउरो पारामा एमसीसीलाई घुसाउन खोजिएको नेकपाका केही नेताको आरोप छ । एमसीसी अमेरिकाको सैन्य रणनीतिको अंग भएकोले नेपालको संविधान, परराष्ट्र नीति र भूराजनीति विपरित हुने भन्दै नेकपाकै केही नेताहरुले भने विरोध गर्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...