धनकुटामा गरियो विपीको सम्झना
धनकुटा । धनकुटामा ३७औं विपी स्मृती दिवस मनाइएको छ ।
पूर्व सांसद तथा नेपाली कांग्रेसका नेता मनोहर नारायण श्रेष्ठले विपीको विचार अहिले पनि सान्दर्भिक भएकाले विपीको विचारबाट अगाडी बढ्नुपर्ने बताए ।
नेपाली कांग्रेस धनकुटाका सभापति अग्नीप्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा १ नम्वर प्रदेशका सांसद लिला सुब्बाले विपीको आर्थिक नीतिबाट अगाडी बढे मुलुक चाडै समृद्धी हुने बताइन् ।
सो कार्यक्रममा नेपाली कांग्रेसका यूवा नेता विश्वप्रकाश श्रेष्ठ, नेपाली कांग्रेसका पूर्व सल्लाहकार तथा धनकुटा वहुमुखी क्याम्पसका प्रध्यापक विश्वप्रकाश श्रेष्ठ, सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, नेपाल महिला संघका पूर्व केन्द्रिय सदस्य टिका भण्डारी, नेपाल शिक्षक संघका १ नम्वर प्रदेशका उपाध्यक्ष गंगाराम ढुंगाना, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वरवहादुर श्रेष्ठ लगायतले विपीको राजनीति सही भएकाले मुलुकमा विपीको राजनीतिले जित्दै गएको बताए ।
प्रतिकृया दिनुहोस