रक्षामन्त्री पोखरेल भन्छन्, विप्लवसँग वार्ता हुँदैन

विराटनगर । सरकार र विद्रोही नेपाल कम्युनिष्ट पार्टीबीच वार्ताको कुरा चलिरहेका बेला सरकारका एक प्रभावशाली मन्त्रीले हिंसात्मक गतिविधि नछाडेसम्म वार्ता नहुने बताएका छन् ।

संघीय सरकारका रक्षामन्त्री तथा नेकपाका स्थायी समिति सदस्य ईश्वर पोखरेलले हतियार र हिसात्मक गतिविधि त्याग्नुपर्ने बताएका हुन् ।

सरकारले नेत्रबिक्रम चन्द समूहसँग औपचारिक रुपमा वार्ताको प्रक्रिया अगाडि नबढाएको बताए । नेता पोखरेलले विप्लव समूहले हिंसात्मक गतिविधि नत्यागेसम्म वार्ता हुन नसक्ने बताए । उनले हतियार त्यागेर हिंसात्मक गतिविधि बन्द गरे मात्र विप्लव समूहसँग वार्ता प्रक्रिया अगाडि बढाउन सकिने बताए ।

‘विप्लव समूहले हिंसात्मक गतिविधिलाई निरन्तरता दिँदै आएको छ । यस्तो अबस्थामा वार्ताको कुनै सम्भावना रहँदैन’, विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘हिंसात्मक गतिविधि त्यागेपछि वार्ता नहुने कुरै भएन ।’

पोखरेलले संसदमा सरकारले प्रस्तावको रुपमा पेश गर्ने विधेयकको विषयमा त्यहीबाट छलफल गरेर सच्याउने सकिने भएकाले यस विषयमा बाहिर हल्ला मच्चाएर विरोध गर्नु उचित नहुने बताए । उनले मिडिया काउन्सिल, विभिन्न आयोगका विषयमा सरकारले जवाफदेहीपूर्ण विधेयक दर्ता गरेकाले संसदबाटै त्यसको हल खोजिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

एकै परिवारका ५ जनाको मृत्यु भएपछि आज सार्वजनिक विदा

Sarbajanik bida

काठमाडौं । त्रियुगा नगरपालिका वडा नम्बर १० वडा कार्यालयले एकै परिवारका ६ जनाको निधन भए पछि वडा का...