अस्पतालमा पोस्टमार्टम रिपोर्टले भन्छ, नवराजहरुको कुटपिटबाटै मृत्यु भयो

Rukum sab 17

जाजरकोट । गत शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहित ५ जनाको ज्यान गयो । त्यतिबेलासम्म गाउलेले लकडाउनका बेला हुल बाँधेर आएका कारण लखेट्न खोज्दा भरी नदीमा हाम फाले ।

बुधबारसम्म धेरैले कुटपिट गरेर भाग्दै गर्दा नदीमा हाम फालेको हुनसक्ने आँकलन पनि गरे । तर, बुधबार लोकेन्द्र सुनारको शव हात बाँधेको अवस्था भेट्दा मात्रै सो घटना बर्बर रहेको पुष्टि भयो । बिहीबार ५ जनाको आफ्नो परम्परा अनुसार नै दाहसंसकार पनि भयो ।

पोस्टमार्टमको रिपोर्ट नआउँदै सबैको शव जलाइदा गलत रिपोर्ट आउनसक्छ भन्ने अनुमान गरिएको थियो । तर, पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको छ ।

रुकुम घटनामा शव भेटिएका ५ जनाको जाजरकोट अस्पतालमा पोस्टमार्टम गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा कुटपिटपछि मृत्यु भएको देखिएको चिकित्सकले बताएका छन् ।

रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोती घटनामा मारिएका ४ जनाको भेरी नदीमा दाहसंस्कार गरियो । भेरी नदी किनारमा मृतक नवराज विक र गणेश बुढाको दाहसंस्कारमा स्थानीय सहभागी भए ।

मृतक ५ जनाकै टाउको, अनुहारलगायत अन्य अंगमा चोट देखिएको पोस्टमार्टममा संलग्न एक चिकित्सकले बताए । ‘मृतकहरुको टाउको, हातखुट्टा, छाती र पिठ्युँमा चोटपटक लागेको देखिन्छ,’ ती चिकित्सकले भने, ‘नदीमा बगे पनि पेटमा पानी भरिएको देखिएन ।’

उनका अनुसार नदीमा डुबे मृत्यु भएका मानिसले पानी खाएर पेट फुल्नुपर्ने हुन्छ । तर, यो अवस्था देखिएको छैन । यसको अर्थ उनीहरुको मृत्यु पानीमा डुबेर नभएको देखिने पनि उनले बताए ।

अस्पतालले मृतकको शरीरका विभिन्न नमुना भिसेरा परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला काठमाडौंमा पठाएको बताएको छ ।

जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीका स्थानीयले जाजरकोटबाट युवामाथि आक्रमण गरेका थिए । सोतीकै १७ वर्षीया शुष्मा मल्लकी किशोरीसँग प्रेम सम्बन्ध रहेको र उनलाई बिहेका लागि भगाउन भनेर आएका युवाहरुको समूहलाई गाउँलेले लखेटेर हत्या गरेको पीडित पक्षको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...