यसरी कोरोना टेष्टको स्याम्पल बाँदरले खोसेपछि... (भिडियोसहित)

Monkey corona

काठमाडौं । अहिले विश्व नै कोरोना महामारीको सन्त्रासमा छ । पछिल्लो अवस्थासम्म विश्वमा कोरोनाको कुनै भ्याक्सिन तयार भइसकेको छैन । मात्र टेष्ट गरेर रिपोर्ट पोजेटिभ आयो भने आइसोलेसनमा बस्ने हो । त्यसका लागि पहिले कोरोना टेष्ट गर्ने हो ।
भारतको मेरठको एक मेडिकल कलेजमा बाँदरले आतंक मच्चाएको छ । शुक्रबार मेडिकल कलेजमा अनौठो दृश्य देखियो । बाँदरको समूहले एक ल्याब टेक्निसियनबाट कोरोना भाइरस परीक्षण्का लागि लैजादै गरेका पाँच वटा स्याम्पल लुटेको छ । यो भिडियो भाइरल बनेको छ ।

भिडियोमा बाँदरले रुखको टुप्पोमा बसेर स्याम्पल कलेक्सन किट चपाएको देख्न सकिन्छ । भिडियो भाइरल बनेपछि मेरठ मेडिकल कलेजका प्रमुख डा। एस के गर्गले बाँदरले कोरोनाका बिरामीका रुटिन चेकअपका लागि पठाइएको स्याम्पल लगेको जानकारी दिए । बिहीबार उत्तर प्रदेशमा १५ जनाको कोरोना भाइरसको संक्रमणबाट ज्यान गएको थियो ।

बाँदरले किट चपाएपछि स्थानीयले प्रशासनको आलोचना गरेका छन् । साबधानी नअपनाउँदा बाँदरले किट लगेको र त्यसले कोरोना भाइरसको संक्रमण थप फैलिन सक्ने भन्दै स्थानीय त्रसित बनेका छन् ।

प्रतिकृया दिनुहोस