लोकसेवाको परिक्षामा उत्तर कसरी लेख्ने ?यस्ता छन,लेखन शैलीका विधि

लोकसेवाको परिक्षामा उत्तर कसरी लेख्ने ?यस्ता छन,लेखन शैलीका विधि

राजेन्द्र कमार पौडेल,सहसचिव 

परीक्षार्थीले लोकसेवा परीक्षामा गर्ने अक्सर गल्ती के–के हुन् ?

समय व्यवस्थापनमा धेरै परीक्षार्थीको कमजोरी देखिन्छ । त्यस्तो हुँदा प्रश्नको पूर्ण हल गर्दैनन् । सुरुमा समाधान गरेको प्रश्नमा बढी समय र अन्तिमका प्रश्नमा हतारमा राम्रोसँग जवाफ दिँदैनन् । त्यसले गर्दा परीक्षार्थीले समग्रमा राम्रो अंक पाउन सक्दैनन् । त्यसैले समय व्यवस्थापनमा निकै चनाखो हुनुपर्छ । प्रश्न, अंकभार र आफूले दिने समयबारे परीक्षार्थीले राम्रो पूर्वतयारी गरेको हुनुपर्छ । विशेषगरी लोकसेवा तयारी गर्नेहरू प्रश्नमा तयारी गर्दैनन् । प्रश्नको ट्रेन्डमा ध्यान दिँदैनन् । जस्तैः अहिले सुशासन, संविधान, संघीयता कार्यान्वयनको सन्दर्भ छ । अध्ययन सामग्री पनि त्यहीआधारमा हुनुपर्छ । 


कसरी उत्तर लेख्दा बढी अंक आउँछ ?

एउटा प्रश्न दुई–तीन पटकसम्म पढेर प्रस्ट हुने र प्रश्नले जे खोजेको छ, त्यो मात्र लेख्नुपर्छ । प्रश्नको हल गर्दा परीक्षा तयारी गर्दा त्यो विषयमा कति अध्ययन गरिएको छ, सम्झिएर लेख्न थाल्नुपर्छ । प्रश्न सधैँ एउटै मोडलमा हुँदैन । सामान्यतया धेरैले उत्तर लेख्दा पृष्ठभूमि, नीति, कारण र सुझाब लेख्छन् । परीक्षार्थीहरू सधैँ त्यही मोडलबाट तयारी गरेर जान्छन् । तर, कुनै प्रश्नले बढी विश्लेषण खोजिरहेको हुन्छ । त्यसवेला परीक्षार्थीले प्रश्नले खोजेको जवाफ दिन सक्दैनन् । आफ्नो लेखाइमा परीक्षार्थी सन्तुष्ट हुन्छन्, तर माक्र्स पाउँदैनन् । 

यस्तै, कहिलेकाहीँ नयाँ विषयसँग सम्बन्धित, तर सामान्य प्रश्न हुन्छ । त्यस्तो वेला पछिल्लो अवस्था थाहा नभएर परीक्षार्थीले सही उत्तर लेख्न सक्दैनन् । प्रश्न सामान्य भए पनि उत्तरलाई जहिले पनि विशिष्ट रूपमा प्रस्तुत गर्नुपर्छ । ताकि विज्ञले त्यो प्रस्तुतिलाई फरक रूपमा लिन्छ र अंक बढ्न सक्छ । तर, त्यो पक्षमा पनि परीक्षार्थी चुक्ने गरेको पाइन्छ । 

 

धेरै अंक ल्याउन अपनाउन सकिने विधि केही छन् ?

लोकसेवा तयारीकै क्रममा हरेक विषयलाई विशिष्ट बुझाइमा तयारी गर्नुपर्छ । यस्तै, प्रश्नहरूको अनुमान गरेर त्यसमा तयारी गर्नुपर्छ । अहिलेको महत्वपूर्ण सन्दर्भ के हो भन्नेमा ध्यान दिनुपर्छ । उत्तर लेख्दा तथ्यांक, अन्तर्राष्ट्रिय सबल अभ्यासहरू, अध्ययन प्रतिवेदन छ भने त्यसले उल्लेख गरेका तथ्य र विषय तथा सरकारले लिएको नीतिलाई समेटेर लेख्न सक्यो भने बढी अंक पाउन सकिन्छ । यस्तै, बजारमा नयाँ पुस्तकहरू आइरहेका हुन्छन्, पत्रपत्रिकामा विभिन्न लेखरचना आइरहेका हुन्छन्, त्यसमा रहेको फरक प्रस्तुति शैलीलाई पनि उत्तिकै ध्यान दिनुपर्छ । त्यस्ता लेखरचनाबाट लोकसेवा आयोगको प्रश्न बनिरहेको हुन सक्छ । 

ह्यान्डराइटिङले अंकमा कस्तो असर पार्छ ?

लेखनभन्दा पनि तथ्य, तथ्यांकसहितको विषयवस्तुमा नै बढी ध्यान दिइन्छ । प्रस्तुति कन्भिन्सिङ हुनुपर्छ । लेखन राम्रो र शुद्ध हुँदा थोरै अंक बढ्न पनि सक्छ । तर, राम्रो ह्यान्डराइटिङले मात्र अंक बढ्दैन । 

जाँचकीले परीक्षार्थीबाट कस्तो उत्तरको अपेक्षा गर्छन् ?

लोकसेवामा धेरै अंक ल्याउनेहरूबीच थोरै अंकको अन्तरमा प्रतिस्पर्धा हुन्छ । त्यसैले तथ्य, तथ्यांक, उदाहरण, सुझाब, अभ्याससहित फरक खालको प्रस्तुति हेरिन्छ । जाँचकी त्यो विषयमा विज्ञ हुन्छ भन्ने मान्यताबाट विशिष्ट शैलीको उत्तर हुनुपर्छ । विश्वविद्यायलको परीक्षामा दिएकोजस्तो उत्तर हुनुहुँदैन । त्यो तरिकाले पास हुन सकिँदैन । केही कुराहरू कण्ठै पारेर भए पनि लेखेको हुनुपर्छ । जस्तैः सुशासनको सन्दर्भ छ भने त्यसका लागि न्यूनतम विषयहरू हुनैपर्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय त...