यलम्बर पार्कको छतले किच्दा २ जनाको मृत्यु

यलम्बर पार्कको छतले किच्दा २ जनाको मृत्यु

पाँचथर । निर्माणाधीन यलम्बर पार्कको छत झरेर किच्दा पाँचथरमा दुई जनाको मृत्यु भएको छ । पाँचथरको हिलिहाङ गाउँपालिका–७ टारी भन्ने स्थानमा सोमबार बिहान ८ बजेको समयमा पार्कको छत खस्दा ५० वर्षीय जगत राई र ५१ वर्षीय रुद्र राईको मृत्यु भएको हो ।

छतले किचेर वीरबहादुर राई घाइते भएका छन् । उनको जिल्ला अस्पताल पाँचथरमा उपचार भैरहेको छ । छतले किचेको शवलाई स्थानीयको सहयोगमा प्रहरीको टोलीले बाहिर निकालेको छ । २० दिनअघि नै छत ढलान गरिएको भए पनि गुणस्तरीय नहुँदा छत झरेको स्थानीयले बताएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकप्रिय

६ हजार कर्मचारीको फेरी बिज्ञापन खोल्न लोकसेवालाई सकस, कहाँ पर्‍यो गाँठो ?

काठमाडौं । लोकसेवा आयोगलाई दोस्रो चरणको बिज्ञापन गर्न सकस परेको छ । आयोगले दोस्रो चरणमा स्थानीय त...