आज देशभर मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने

Weather nepal

काठमाडौँ । काठमाडौँ उपत्यकासहित आसपासका क्षेत्रमा शुक्रबार बिहानैदेखि वर्षा भइरहेको छ ।

अहिले देशभर पश्चिमी वायुको आंशिक प्रभाव कायम छ भने नेपालको पुर्वी भू–भाग नजिकै निम्न चापीय रेखा रहेको छ र स्थानीय वायुको पनि प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशको पूर्वी तथा मध्य भूभाग लगायत पश्चिमी पहाडी भूभागहरुमा शुक्रबारको मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी र पश्चिमी भूभागका केही स्थानहरु तथा मध्य भूभागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरी सहित वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् । शुक्रबार राति पनि देशभर सामान्य बदली रहनेछ । देशका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...