कोरोनाको कहर : स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी बजेट, ६८ अर्ब ७८ करोड विनियोजन

कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज

Sadan aarthamantri

काठमाडौं । सरकारले यो वर्ष कोरोना संक्रमणमै अधिकांस बजेट खर्च गर्ने भएको छ । संक्रामक रोग र विपतबाट नागरिकको जीवन रक्षा गर्ने बजेटको मुख्य उदेश्य रहेको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७७/०७८को बार्षिक बजेट प्रस्तुत गर्दै स्वास्थ्य क्षेत्रमा उच्च प्राथमिकता दिँदै सबैभन्दा बढी बजेट विनियोजन गरेका छन् ।

आगामी वर्षको बजेट विगतका आर्थिक वर्षहरुमा विनियोजन गरिने स्वास्थ्य क्षेत्रमा बजेट भन्दा झण्डै २२ अर्ब बढी छ । आर्थिक वर्ष २०७६र०७७ मा ६८ अर्ब ७८ करोड विनियोजन गरिएको थियो । आर्थिक वर्ष २०७५/०७६ सालमा स्वास्थ्य क्षेत्रमा ५६ अर्ब ४१ करोड ९७ लाख विनियोजन गरिएको थियो ।

कोरोना भाइरसले निम्त्याएको नयाँ परिस्थितिले सिर्जना गरेको नयाँ चुनौती सामना गर्नेमा आगामी आर्थिक वर्षको बजेट केन्द्रीत भएको छ । कोरोना नियन्त्रणमा ६ अर्ब बजेट विनियोजन गरिएको छ । उनले स्वास्थ्य क्षेत्रमा ९० अर्ब ६९ करोड बजेट विनियोजन गरे ।

उच्च जोखिमयुक्त क्षेत्रमा कोरोना परिक्षणको दायरा बढाउने, औषधी उपचारको ब्यवस्था गर्न क्वारेन्टाइनको ब्यवस्था तथा मुलुकभर भरपर्दो उपचार सेवा व्यवस्था गर्न छ अर्ब बजेट छुट्याइएको छ । कोरोनाविरुद्ध फ्रन्टलाइनमा खटिएका बाहेक सबैको भत्ता खारेज गरेको छ ।

सार्वजनिक सेवाका अस्थायी र करार कर्मचारीलाई एक लाखको कोरोना बीमा गरिने र योगदानमा आधारिक सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...