सडक सञ्जाल र रेलमार्ग निर्माण सरकारको प्राथमिकतामा, हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउने

Sadan aarthamantri

काठमाडौं । सरकारले यो वर्ष पनि सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिने भएको छ भने रेलमार्गलाई पनि प्राथमिकतामा राखेको छ । रेलमार्गका लागि अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षभित्र हुम्ला सदरमुकामसम्म सडक पुर्‍याउने योजना बनाएको छ । आर्थिक वर्ष २०७७र७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरेको जानकारी दिए ।

हुलाकी राजमार्गका लागि ७ अर्ब ५१ करोड र मदन भण्डारी राजमार्गका लागि ३ अर्ब ७ करोड बजेट विनियोजन गरिएको छ भने पुष्पलाल राजमार्गलाई ३ वर्षभित्र सक्न ३ अर्ब २७ करोड विनियोजन गरिएको छ ।

मदन भण्डारी राजमार्ग ५ वर्षभित्र र हुलाकी राजमार्ग ३ वर्षभित्र निर्माण गरिसक्ने योजना छ भने काठमाडौं तराई फ्रास्ट ट्र्याक ३ वर्षभित्र सम्पन्न गर्ने भएको छ । पूर्व पश्चिम राजमार्गलाई ३ वर्षभित्र एसियाली स्तरको बनाउने गरी १२ अर्ब २१ करोड बजेट छुट्याइएको छ ।

सरकारले सबै प्रदेशका ३० शहरमा शहरी पूर्वाधार विकास गर्न १ अर्ब ८० करोड विनियोजन गरेको छ । शहरी विकास मन्त्रालयलाई ३७ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।

संसद भवन र सुदूरपश्चिम प्रदेशको राजधानीमा पूर्वाधार निर्माण गर्न बजेट छुट्याइएको बताए । ललितपुरको गोदाबरीमा ३ हजार क्षमताको सभाहल निर्माण गरिसक्ने योजना पेश गरेका छन् ।

काठमाडौंबाट सुरु भएको विद्युत लाइन भूमिगत गर्ने योजना भक्तपुर ललितपुर चितवन लगायत ठूला शहरमा विस्तार गरिने भएको छ । वैकल्पिक उर्जा कार्यक्रमका लागि ४ अर्ब विनियोजन भएको छ भने ग्रामीण विद्युतीकरणका लागि ४ अर्ब विनियोजन भएको छ ।

प्रतिकृया दिनुहोस