नयाँ व्यवसाय गर्न ऋण दिइने, स्थानीय तहमा भूमि बैंक स्थापना हुने

Sadan aarthamantri

काठमाडौं । सरकारले नयाँ व्यवसाय सुरु गर्ने व्यवसायीहरूलाई २ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने भएको छ । उद्यम गर्न चाहनेलाई ब्याजमा अनुदान दिन सरकारले आगामी आर्थिक वर्षको बजेटमा ५० करोड रूपैयाँ विनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षमा तीन सय स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने भएको छ । बिहीबार अर्थिक वर्ष २०७७/७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा। युवराज खतिवडाले यस्तो घोषणा गरेका हुन् । यसका लागि सरकारले ५० करोड बजेट विनियोजन गरेको छ ।

सँगै सरकारले महिलाको नाममा जग्गाको स्वामित्व हस्तान्तरण गर्दा थप सहुलियत दिने घोषणा गरेको छ । एक वर्षमा सुकुम्बारीको व्यवस्थापन र व्यवस्थित बसोबासका लागि एक सय स्थानीय तहमा कार्यक्रम चलाइने सरकारले घोषणा गरेको छ ।

विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्दारका लागि आवश्यक बजेट विनियोजन गरको छ । कोरोनाका कारण विदेशमा अलपत्र परेका नेपाली श्रमिकको उद्दारका लागि आवश्यक बजेट विनियोजन गरेको जानकारी दिए ।

सरकारले १० युनिटसम्म विद्युत प्रयोग गर्नेलाई निशुल्क दिने र १५० युनिटसम्म प्रयोग गर्नेलाई १० प्रतिशत छुटको व्यवस्था गरिएको खतिवडाले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...