आज १३ औँ गणतन्त्र दिवस, औपचारिक कार्यक्रम बिनै गणतन्त्र दिवस मनाइँदै

Ganatantra news

काठमाडौं । नेपालमा गणतन्त्र स्थापना भएको १३ वर्ष पुगेको छ । २०६५ जेठ १५ गते बसेको पहिलो संविधान सभाको पहिलो ऐतिहासिक बैठकले नेपाललाई गणतन्त्रमा लैजाने प्रस्ताव अत्यधिक मतले पारित गरेको थियो । त्यसपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा भएको थियो ।

नेपालमा लामो इतिहास बोकेको राजतन्त्रको अन्त्य भई गणतन्त्रण स्थापना भएको १२ वर्ष पुगेर १३ वर्षमा प्रवेश गरेको विशेष दिन । नेपाली राजनीतिक इतिहासमा एक अविस्मरणीय दिनको रुपम लिइन्छ । जनताको शासन अर्थात् सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको स्थापना भएको दिनको रुपमा पनि लिइन्छ ।

आज झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो । २०७४ सालसम्म गणतन्त्र दिवसमा विदा हुने गरेको थियो । तर २०७५ सालदेखि यो विदा कटौती गरिएको छ । सरकारले लोकतन्त्र दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता दिवसलाई एकीकृत गरि ति दिवसको साटो एक दिन बिदा दिएर विशेष दिवस मनाउने निर्णय गरेको हो ।

सरकारले २०७५ चैत्र १ गते प्रकाशित गरेको नेपाल राजपत्रमा पनि गणतन्त्र दिवसलाई राष्ट्रिय रुपमा मनाइने तर कार्यालय खुल्ने विदाको रुपमा सुचिकृत गरेको छ । कोरोना महामारीका कारण यस वर्ष कुनै औपचारिक कार्यक्रम भने हुने छैनन् ।

गएका वर्षहरुमा नेपाल सरकारले गणतन्त्र दिवसलाई धूमधाम र उत्सवका साथ तीन दिनसम्म मनाउने गर्दथ्यो । तर, यस वर्ष कोरोना भाइरस ९कोभिड– १९० को महामारीले देशभर बन्दाबन्दी रहेकाले गणतन्त्र दिवस शुभकामना सन्देश आदान प्रदानमै सीमित भएको छ ।

ठूला कार्यक्रम आयोजना गरिएको छैन् । गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध गरेको छ । मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी मन्त्रिपरिषद्को जेठ १२ को निर्णयअनुसार जेठ १४, १५ र १६ गते साँझ घरघरमा दीपावली गरेर गणतन्त्र दिवस मनाउन अनुरोध गरेको हो ।

मन्त्रालयले सङ्घ प्रदेश तथा स्थानीय तहका सम्पूर्ण सरकारी र गैरसरकारी कार्यालय, आम नागरिक एवं विदेशस्थित नेपाली दूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि तीन दिन साँझ दीपावली गरी गणतन्त्र दिवस बनाउन विज्ञप्तिमार्फत आग्रह गरेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली उपराष्ट्रपति नन्दबहादुर पुन, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटा लगायतले गणतन्त्र दिवसको अवसरमा शुभकामना दिँदै गणतन्त्रबाट प्राप्त उपलब्धीलाई संस्थागत गर्दै जनताको अधिकार जनतामै निहीत रहेकाले अधिकतम् अधिकार उपभोग गर्न आग्रह गरेका छन् ।

उनीहरुले संविधानले निर्दिष्ट गरेका लक्ष्य र दायित्व पूरा गर्न तथा दलहरुबीच सुदृढ राष्ट्रिय एकता कायम गरी समृद्ध नेपाल निर्माण गर्ने महाभियानमा लाग्न प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् । लकडाउनका कारण प्रदेश र स्थानीय तहमा गणतन्त्र शुभकामना दिने कार्यक्रम मात्र रहेको छ ।

प्रतिकृया दिनुहोस