रुकुमको बर्बर घटना : आफ्नो ज्यान बचाउन भेरी नदीमा हाम फाल्ने सुनारले कतिबेला आफुुलाई डोरीले बाँधे त ?

Rukum lokendra sab

जाजरकोट । शनिबार रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीमा भएको घटनाका विषयमा तर्क वितर्क भइरहँदा आज थप एउटा शव भेटिएको छ । सो शब भेटिँदा एउटा प्रश्न खडा गरिदिएको छ, त्यो हो के मरेका र अझैं बेपत्ता भएका २ युवा आफैं भेरीमा हाम फालेकै हुन् त ?

मंगलबार प्रतिनिधिसभाको बैठकमा पूर्व गृहमन्त्री, पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य तथा नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले लकडाउनका समयमा जाजरकोटबाट युवाहरुको समुह आएको र गाउलेले सोधपुछ गर्न खोज्दा भागेर नदीमा हाम फालेको बताएका थिए ।

शर्माले त्यस्तो अभिव्यक्ति दिएपछि पतिपक्ष दलका दलित सांदहरुले होहल्ला गर्न थाले । सोही क्रममा सत्ता पक्षका दलित सांसदहरु पनि शर्माको विरुद्ध उत्रिए । शर्माले संसदलाई गलत रिपोटिङ गरेको भन्दै होहल्ला गरे ।

उनलले त्यो बेला ‘म जिल्लाको प्रतिनिधि हुँ, मैले दलितको कुरा राख्न नपाउने, जिल्लाको यथार्थ कुरा राख्न नपाउने’ त्यतिबेला शर्माको भाषण सुन्नेहरुलाई ठिकै हो भन्ने पनि लागेको थियो । तर, बुधबार बेपत्तामध्ये १८ वर्षीय लोकेन्द्र सुनारको शव गोताखोरको टोलीले भेरी नदिको कुटु भन्ने ठाउँमा भेटाएको छ । त्यो पनि डोरीले बाँधेको अवस्थामा । योसँगै मृतकको संख्या ४ पुगेको छ ।

भेरी नगरपालिका वडा नं. ११ का गोविन्द शाही, वडा नं. ४ का सन्दीप विक अझै बेपत्ता छन् । भेरी नगरपालिका ४ का नवराज विक र गणेश बुढा, चौरजहारीका टीकाराम सुनारको शब यसअघि नै फेला परेको थियो ।

रुकुम पश्चिमका प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार डोरीले हात बाँधेको अवस्थामा सुनारको शव फेला परेको छ । उनको टाउकोमा समेत चोट लागेको छ । नवराज बिक मल्ल थरकी आफ्नी प्रेमिकासँग बिहेका लागि ‘भगाउन’ भन्दै १० जेठ साँझ आफ्ना १७ जना साथीसहित प्रेमिका​को गाउँ सोती पुगेका थिए । त्यहाँ पुग्दा नपुग्दै गाउँलेले लखेटेको भनिएको थियो ।

स्थानीयले लखेट्दा उनीहरु भेरी नदीमा हाम फालेको भनेर पूर्वमन्त्री शर्मा र स्थानीयले त्यही भनेका छन् । के आफ्नो ज्यान जोगाउन नदीमा हाम फाल्नेले आफ्नो शरिरमा डोरीले बाँध्न भ्याउँला त ? गम्भीर प्रश्न खडा भएको छ । के अब शर्माले ‘ए, मलाई त प्रहरीले गलत रिपोटिङ पो गरेछ’ भन्न सक्लान त ?

घटनामा पीडित परिवारले जिल्ला प्रहरी कार्यालय जाजरकोटमा २० जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । वडाध्यक्ष डम्बरबहादुर मल्ल, केटीका बुवा वीरबहादुर मल्ल, आमा प्रकाशी मल्ल, सन्तोष मल्ल, रमेश मल्ल, मोहन पुनमगर लगायतका २० जनाविरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिइएका छन् ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...