कोरोना संक्रमितको संख्या बढेको बढ्यै, बुधबार थपियो ६८ जना

Corona test logo

काठमाडौं । बुधबार ३ वटा प्रदेशमा ६८ जनाका कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी, प्रदेश दुई र प्रदेश १ का विभिन्न जिल्लामा आज ६८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै नेपालमा संक्रमितको सख्या ८ सय ५१ पुगेको छ ।

बुधबार सबैभन्दा धेरै प्रदेश नं. २ मा कोरोनाका संक्रमित थपिएका छन् । प्रदेश दुईका विभिन्न जिल्लामा बुधबार ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु काठमाडौं र हेटौंडा प्रयोगशालामा गरिएको परीक्षणको क्रममा प्रदेश नं. २ मा ४५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

संक्रमितमध्ये ३५ जना रौतहटका विभिन्न स्थानीय तहका रहेका छन् । अन्य बारा र सिरहाका रहेका छन् । संक्रमितहरु सबैजना भारतबाट आएको पाइएको छ ।

प्रदेश १ मा पनि १७ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । बुधबार झापाका १७ जनामा कोरोना भाइरसको संक्रमण पाइएको कोशी अस्पताल विराटनगरकी मेसु डा. संगीता मिश्राले जानकारी दिएकी छन् ।

गण्डकी प्रदेशमा बुधबार ६ जना कोरोना संक्रमित फेला परेका छन् । ती सबैजना बागलुङ जिल्लाका ररहेका छन् । गण्डकी प्रादेशिक स्वास्थ्य निर्देशानलय पोखराले तमानखोला र बढीघाटका ६ जनामा कोरोना भाइरसको संक्रमण भएको जनाएको छ ।

बाग्लुङमा थपिएका सबैजना भारतबाट जेठ ९ गते बाग्लुङ आइपुगेका निर्देशानायलका निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...