चोक चोकमा हात धुने धारा : उदेश्य पवित्र तर... (फोटो फिचर)

Tanki main

काठमाडौं । गत डिसेम्बरको अन्त्यतिर चीनबाट सुरु भएको कोरोना भाइरसले विश्व तहसनहस बनाईदिएको छ । आजसम्म विश्वभर कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ५२ हजार १ सय ६२ पुगेको छ ।

संक्रमितको संख्या ५६ लाख ८१ हजार ६ सय ९ पुगेको छ भने २४ लाख ३० हजार ४ सय ९० जना उपचारपछि घर फर्किएका छन् । ५३ हजार १ सय १ जनाको अवस्था गम्भीर रहेका छ । नेपाल पनि ७ सय ८३ जनामा संक्रमण पुष्टि भइसकेको छ । दुःखद कुरा सचेतता अपनाउँदा अपनाउँदै पनि ४ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना भाइरस कसरी सर्छ भन्ने अझैं यकिन भएको छैन । आच्छ्यु गर्दा र छुदासमेत कोरान भाइरस सर्छ भनिएको छ । कसरी सर्छ र यसबाट कसरी बच्ने भनेर विश्व स्वास्थ्य संगठनले निर्देशिका नै बनाएको छ । जसलाई संसारभरका मानिसहरुले पच्छ्याई रहेका छन् । नेपालले पनि विश्व स्वास्थ्य संगठनको मापदण्ड नमान्ने कुरै भएन ।

विश्वभर सन्त्रासको रूपमा फैलिरहेको कोरोना भाइरसविरुद्ध काठमाडौं उपत्यकासहित देशभरका शहरहरुमा सरसफाईमा ध्यान दिइएको छ । चोकचोकमा हात धुनको लागि साबुन पानीको व्यवस्था गरिएको छ ।

उपत्यकामा आवतजात गर्ने यात्रु र उपत्यकामा बस्ने स्थानीयलाई जनचेतना फैलाउनका लागि भीडभाड हुने स्थानमा साबुन पानी राखिएका छन् । चोकचोकमा पानीका ट्यांकी ठड्याइएका छन् ।

झट्ट हेर्दा यो नागरिकलाई सहज बनाउन गरिएको प्रयास हो । तर विडम्बना, चोकचोकमा राखिएका पानीका ट्यांकी रित्ता छन् । भएका पनि प्रयोगविहीन बनेका छन् । हम्मेसी कसैले पनि ती ट्यांकीका धाराबाट हात धोएर हिँडेको देखिँदैन ।

आफ्ना नागरिकलाई स्वास्थ्य राख्न स्थानीय सरकार र प्रशासनले सबै ठाउँमा हात धुने सावुनसहित धाराको ट्यांकी राखिदिएको छ । अस्पताल र प्रहरी कार्यालयहरुमा हात धोएर पस्ने व्यवस्था छ । बैंकहरुमा चाँही सुरक्षा गार्डले सेनिटाइजर दिन्छन् ।

चैत ११ गतेदेखि नेपालमा लकडाउन छ । नागरिक घरमै कैद भएका छन् । घर बाहिर निस्किने अवस्था छैन । विहान बेलुकी अत्यावश्यक सामाग्री किन्न हतार हुन्छ । यस्तो बेला चोकचोकमा राखिएका हात धुने धारामा कतिले हात धोलान् त ?

तस्विर : सुरज गौतम/निशान न्युज

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...