आज संविधान संशोधनको प्रस्ताव पेश हुँदै

Sansad bhaban

काठमाडौं । संविधानको अनुसूचीमा रहेको निशान छापमा नयाँ नक्सा समावेश गर्नको लागि संविधान संशोधनको प्रस्ताव आज संसदमा पेश हुँदैछ ।

सरकारले भारतले मिचेको लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका क्षेत्र नेपालको भूमि भएको भन्दै नयाँ नक्सा जारी गरेर प्रचलनमा ल्याइएको छ । यसलाई संविधानको अनुसूची ३ मा रहेको निशान छापमा राख्न संविधान संशोधन हुन लागेको हो ।

दिउँसो २ बजे बस्ने संसद बैठकमा सरकारको तर्फबाट कानुनमन्त्री शिवमाया तुम्बाहाङ्फेले नेपालको संविधान दोस्रो संशोधन विधेयक २०७७ पेश गर्ने कार्यसूची संघीय संसद सचिवालयले तयार पारेको छ ।

सरकारले संविधान संशोधनका लागि हिजो सर्वदलीय बैठकमा तत्कालका लागि लिम्पियाधुरा, कालापानी र लिपुलेकसहितका भूभाग समेटेर तयार पारिएको नक्सालाई संविधानको अनुसूची ३ मा समावेश गर्न संविधान संशोधन गर्नुपर्ने सहमति बनेको थियो ।

भारतले अतिक्रमण गरेको नेपाली भूभाग समेटेको नक्सा सरकारले जारी गरेपछि त्यसलाई कानुनी हिसाबले वैधानिकता दिनका लागि संविधानको अनुसूचीमै परिवर्तन गर्न आवश्यक भएकाले संविधान संशोधन गर्न आवश्यक थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...