पूर्वराजा ज्ञानेन्द्रले गरे रुकुम घटनाको कडा विरोध, अपराधमा संलग्नलाई कारवाहीको माग
काठमाडौं । रुकुममा भएको बर्बर घटनाको चौतर्फी विरोध भइरहेका बेला पूर्वराजा ज्ञानेन्द्र शाहले घटनामा संलग्नलाई कारवाहीको माग गरेका छन् ।
पूर्वराजा शाहले कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म भएको पनि उल्लेख गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै पूर्वराजा शाहले जातकै आधारमा अझै कसैको हत्या हुनु घोर निन्दनीय हो भनेका छन् ।
उनले राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंकको विषय भएको उल्लेख गरेका छन् । उनले ‘यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कार्वाही होस्’ भनेका छन् ।
यस्तो छ उनको ट्वीट
कसैको जात, धर्म र वर्णका आधारमा छुवाछुत गर्नु वा गर्न प्रेरित गर्नु मानवता विरोधी कर्म हो । अझै कसैको हत्या हुनु घोर निन्दनिय छ। राजनैतिक वा सामाजिक संरक्षणमा यस्तो कार्य हुनु समुच्च मानव जातिका लागि नै कलंकको विषय हो । यस्तो अक्षम्य अपराधमा संलग्न सबैलाई तत्काल उचित कार्वाही होस् ।
प्रतिकृया दिनुहोस