क्वारेन्टाइन स्थलमै किन भयो चिकित्सकबीच ग्याङ फाइट ?

Doctor jhadap

पर्सा । सामान्यतयः चिकित्सकहरु उपचारमा तल्लिन रहन्छन् । तर, मैगलबार वीरगञ्जमा चिकित्सकहरुको दुई समूहबीच कुटाकुट भएको छ । झडपमा उत्रिएका दुबै समुह वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत चिकिल्सकहरु हुन् ।

वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा कार्यरत जुनियर चिकित्सक डा. दीपक चौरसिया र नेशनल मेडिकल कलेजका डा. मधुरञ्जन सिंह पक्षबीच हात हालाहाल भएको हो । नारायणी अस्पतालका चिकित्सक बस्दै आएको टाउन हल क्वारेन्टाइन स्थलमै सिंह नेतृत्वको टोलीले विवाद गर्न पुगेका थिए ।

विवादको क्रममा सिंह नेतृत्वको टोलीको आक्रमणबाट नारायणी अस्पतालका चिकित्सक डा. दीपक चौरसिया सामान्य घाइते भएका थिए ।

अस्पतालकै एक चिकित्सकले लामो समयदेखि सरकारी अस्पताल र अन्य चिकित्सकलाई गालीगलौज गर्दै एनएमए नारायणी जोन ब्रान्च नाम भएको ह्वाट्सप ग्रुपमा पोस्ट भएको विषयमा अस्पतालका अन्य चिकित्सकहरुले त्यसको प्रतिवाद गरेपछि विवाद भएको थियो ।

सरकारी अस्पतालले प्रभावकारी काम गर्दैन, त्यहाँ कार्यरत सबै डाक्टहहरु फटाह हुन्छन्, मेसिनले पनि राम्रोसँग काम गर्दैन भनेर डा. मधुरञ्जन सिंहले ह्वाट्सएप ग्रुपमा लेख्दै आएपछि आफूहरुले त्यसको प्रतिवाद गर्दै यस्तो संकटको घडीमा मेहनत गर्ने चिकित्सकहरुको मनोबल गिर्ने गरी नबोल्न सुझाव दिँदा २/३ जना मानिस लिएर क्वारेन्टाइन स्थलमै विवाद गर्न आएको नारायणी अस्पतालका जुनियर चिकित्सकहरुले बताएका छन् ।

दुबै पक्षबीच क्वारेन्टाइन स्थलमा झडपको स्थिति सिर्जना भएपछि प्रहरी, सिनियर चिकित्सक र अस्पताल प्रमुख पुगेर विवादलाई साम्य पारेको थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...