संसदमा दलित सांसदले मच्चाए हंगामा, जनार्दन शर्मालाई बोल्नै दिएनन् (भिडियोसहित)

Samsad hangama 13

काठमाडौं । रुकुम पश्चिम चौरजहारी नगरपालिका–८, सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका नवराज विकसहित ३ जनाको मृत्यु भएको घटनापछि दलित समुदायका सांसदहरुले संसदमा हंगामा मच्चाएका छन् ।

सो बैठकमा बोल्ने अधिकांस सांसदहरुले जाजरकोट र रुकुममा पूर्व गृहमन्त्रीहरुले मिलेर घटनालाई ढाकछोप गराउने प्रयास भइरहेको आरोप लगाए । उनीहरुले राजनीतिक दवावमा जिल्ला प्रशासन परेको आरोप लगाए । दोशीमाथि कडा कारवाही गर्न माग गर्दै गृहमन्त्रीको जवाफ माग गरे ।

शनिबार अन्तरजातीय प्रेम गरेकै आधारमा विकसहित ३ जनाको हत्या भएको भन्दै दलित सांसदहरुले मंगलबारको प्रतिनिधि सभाको बैठकमा हंगामा मच्चाए । सांसद मिन विश्वकर्मा, लक्ष्मी परियार, पार्वती विशुन्खे, प्रकास स्नेही लगायतले सो घटना राजनीतिकरण गरिन खोजिएको आरोप लगाए । उनीहरुले नेपालमा छुवाछूत एैनको धज्जी उठाइएकोमा सरकारको आलोचना गरे ।

सो बैठकमा पश्चिम रुकुममा सांसद तथा पूर्वगृहमन्त्री जनार्दन शर्मालाई सभामुख अग्नीप्रसाद सापकोटाले बोल्ने समय दिएका थिए । बोल्ने क्रममा शर्माले जिल्ला प्रहरी कार्यालयको रिपोर्टका आधारमा कुरा राख्नसाथ दलित सांसदहरुले संसदमा नारावाजी गर्न थाले ।

शर्माले आफु जिल्लाको प्रतिनिधि भएकाले पनि जिल्लाको समस्याका बारे बोलन पाउनुपर्ने तर्क गरिरहँदा दलित सांसदहरुले नारावाजी गरिरहे । सरकारले छानविन समिति बनाइसकेको छ । तर, निष्पक्ष छानविन हुन सक्दैन भनने दलित समुदायका ठहर छ । किनभने काभ्रे पाँचखालका अजित मिजार त्यसरी नै अन्तरजातीय प्रेममा पर्दा मारिएका थिए । उनको लाख ४ वर्षदेखि काठमाडौंको शिक्षण अस्पतालमा छ । उनको हत्या हुँदा पनि सरकारले दोशीलाई कारवाही गर्न सकेन ।

यो दर्दनाक घटनापछि देशभरबाट नवराज र उनको समुहमाथि सहानुभुती प्रदान गरिएको छ । दलित समुदाय आन्दोलनमा उत्रिएको छ । जातीय व्यवस्थाले पारेको प्रभावका विषयमा फेरि बहस चर्काई दिएको छ ।

Video

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...