ट्रिपरको ठक्करबाट ड्युटीमा रहेका प्रहरी नायब निरीक्षक घर्तीमगरको मृत्यु

Tipper 13

भक्तपुर । ट्रिपरको ठक्करबाट ड्युटीमा खटिएका प्रहरी नायब निरीक्षक निमबहादुर घर्तीमगरको मृत्यु भएको हो ।

दाङ स्थायी घर भएका ४५ वर्षीय प्रहरी नायब निरीक्षक घर्तीमगरलाई सोमबार राति काठमाडौंबाट भक्तपुरतर्फ आउँदै गरेको बा४ख४७०१ नम्बरको खाली ट्रिपरले भक्तपुरको मध्यपुर थिमी–४ नयाँ थिमीमा ठक्कर दिएको हो ।

सईलाई ठक्कर दिने ट्रिपरसँगै सोही दिशातर्फ आउँदै गरेको बा४ख ४३१८ नम्बरको मिनी ट्रिपर ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । पूर्वी रुकुमस्थित इलाका प्रहरी कार्यालय रुकुमकोटमा दरबन्दी रहेका सई घर्तीमगर महानगरीय प्रहरी वृत्त थिमीमा कार्यरत थिए ।

ठक्करबाट गम्भीर घाइते भएका घर्तीमगरलाई तत्काल मध्यपुर अस्पताल लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई नर्भिक अस्पताल पुर्याइएकोमा राति नै उनको मृत्यु भएको महानगरीय प्रहरी वृत्त थिमीका प्रमुख डीएसपी ऋषिराम कँडेलले बताए ।

सईलाई ठक्कर दिएर फरार भएका ट्रिपर चालक धादिङका राजेन्द्र प्याकुरेललाई कौशलटार र अर्को ट्रिपरका चालक भक्तपुर नगरपालिका–३ का राकेश सैंजूलाई सल्लाघारीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...