डब्ल्युएचओले किन लगायो कोरोनाविरुद्ध हाइड्रोक्सिक्लोरोक्विन प्रयोगमा प्रतिबन्ध ?

Who news

काठमाडौं । मलेरियाविरुद्ध प्रयोग गरिने औषधि हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना विरुद्धको सम्भावित उपचारमा प्रयोग गर्नका लागि परीक्षण गर्ने काम हाललाई सुरक्षाको त्रासका कारण रोकिएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले थुप्रै देशमा भइरहेको परीक्षण सावधानीका लागि भन्दै ‘अस्थायी रूपमा’ रोकिएको जनाएको छ ।

बिबिसीका अनुसार हालैको एउटा चिकित्सा अध्ययनले उक्त औषधिको प्रयोगले कोभिड–१९ बिरामीको मृत्यु हुने जोखिम बढाउने सुझाएपछि डब्ल्युएचओले यस्तो निर्णय गरेको हो ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हालै भाइरसबाट बच्न उक्त औषधिको प्रयोग गरिरहेको भन्दै यहीँ औषधि ‘गेम चेन्ज’ हुने भन्दै त्यसले अवस्था फेरिदिने दावी गरिरहेका थिए ।

मेडिकल जर्नल द ल्यान्सेटमा प्रकाशित एउटा अध्ययनमा हाइड्रोक्सिक्लोरोक्विनलाई कोरोना भाइरसका बिरामीको उपचारमा प्रयोग गर्नुको कुनै फाइदा नभएको उल्लेख गरिएको थियो ।

औषधिले बिरामीलाई सहयोग गर्नुको सट्टा थप जोखिम निम्ताएको पाइएको थियो । ल्यान्सेटको अध्ययनले ९६ हजार कोरोना भाइरसका बिरामीलाई समेटेको थियो । जसमा १५ हजारलाई उक्त औषधि दिइएको थियो ।

हाइड्रोक्सिक्लोरोक्विन वा क्लोरोक्वीनलाई एन्टिबायोटिकसहित परीक्षण गरिएकाको मृत्युदर अन्यको भन्दा धेरै पाइएको बिबिसीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...