कपिलवस्तुको क्वारेनटाइनबाट भागे ३० जना, स्थानीय त्रसित

Kapilwastu kqarentine

कपिलवस्तु । क्वारेन्टाइनमा बसेको दुई हप्तामा पनि कोरोना परीक्षण नभएपछि कपिलवस्तुको क्वारेन्टाइनमा बसेका ३० जना भागेका छन् ।

कपिलवस्तुमा यसअघि पनि दुई स्थानका क्वारेन्टाइनबाट ४५ जना भागेका थिए । उनीहरुलाई दुई दिनपछि घरघरबाट फर्काएर पुनः क्वारेन्टाइनमा राखिएको थियो ।

कपिलवस्तु नगरपालिका– ४ मलपरवास्थित सुन्दर प्राथमिक विद्यालयमा बसेका ३० जना सबै सोमबार राति साढे ९ बजे क्वारेन्टाइन छाडेर हिँडेका हुन् ।

क्वारेन्टाइनमा बसेका व्यक्तिहरु कोरोना जाँच नगरी आ–आफ्नो घर गएपछि स्थानीय त्रसित भएका छन् । क्वारेन्टाइनमा बसेका व्यक्तिहरु भारतका विभिन्न शहरबाट फर्केका हुन् ।

 

प्रतिकृया दिनुहोस