आगोले जलेकी ५ वर्षीय दलित बालिकाको उपचारमा आर्थिक अभाव

Balika upachar

इटहरी । सुनसरीको वराह नगरपालिका वडा नं. ७ की ५ वर्षीय बालिका उपचारको अभावमा टड्पिन बाध्य भएकी छन् । बराह नगरपालिका वडा नं. ५ नडामा बसोबास गर्दै आएका उमेश बराइली र लक्ष्मी बराइलीकी ५ वर्षीय देवकुमारी बराइली ४ महिनाअघि आगोमा जलेकी थिइन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उपचार गर्न नसक्दा उनी जीवनमरणको दोसाधमा पुगेकी छन् । गत माघमा उनको परिवार हिउँदोको जाडो छल्न कोठामा आगो तापेर सुतेका थिए । आगो ताप्ने क्रममा ५ वर्षीय देवकुरमारीले लगाएको कपडामा आयो लागेको थियो । त्यसबेला उनको घुँडासम्म आयो लागेको थियो ।

आर्थिक अवस्था एकदमै कमजोर भएका कारण उनलाई ढिलो धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो । उनलाई प्रतिष्ठानले विराटनगरस्थित नोबेल अस्पताल रेफर गरेको थियो । तर नोबेल अस्पतालले पनि भर्ना गर्न नमानेपछि धेरै वटा अस्पताल धाउँदा बल्ल म्याक्स हस्पिटलले बिरामी भर्ना गरेको थियो ।

म्याक्स हस्पिटलले पनि उनका बाबु आमाले औषधि उपचारको पैसा तिर्न नसकेपछि औषधि उपचार नै बन्द गरेको थियो पछि सुनसरीकी प्रदेश सांसद उमिता बराइलीको पहलमा अस्पताले केही रकम छुट गरेपछि घर फिर्ता गरेका थिए । त्यसबेला देवकुमारीका आमा बुवाले सर्जरी गर्ने ५० हजार रुपैयाँ जुटाउन नसक्दा घर फर्काउन बाध्य भएका थिए ।

अहिले उनीहरुले स्थानीय स्वास्थ्य क्लिनिकमा दैनिक ५ सयदेखि ७ रुपैयाँ खर्च गर्दै आएका छन् । उनी एक वर्षअघि मात्रै भारतबाट नेपाल आएका थिए । बराइली दम्पति अर्काको घरमा बसेर बनिबुतो गर्दै आएका छन् । त्यसमा पनि लामो समयदेखि लकडाउन जारी रहेका कारण उनीहरु थप आर्थिक संकटमा परेका छन् ।

‘अहिले त बनि गर्ने ठाउँ पनि छैन, खोई कसरी छोरीको उपचार गर्नु र ?’ बुवा उमेश बराइलीले भने, ‘काम गरौं काम पाइदैन, छोरीको उपचार गर्न नसक्दा छोरीको स्थिती यस्तो भइसक्यो ।’ उपचारको पैसा जुटाउन नसक्दा देवकुमारी जीवनमरणको दोसाधमा पुगेकी छन् । उनले आफ्नो छोरीको उपचारमा सहयोग गरिदिन याचना पनि गरेका छन् ।

आइतबार मात्रै बराइलीको अवस्थाको जानकारी पाएपछि दलित जन अधिकार मंच नेपाल तथा साथी फाउन्डेसन नेपालका अध्यक्ष शान्ती गजमेर, सचिब खेम रनपहेलीसहित ४ जनाको टोली उनको घर पुगेका थिए । ‘बालिकाको अवस्था भयावह छ । त्यसमा पनि परिवारको अवस्था उस्तै रहेछ’ गजमेरले निशान न्युजसँग भनिन्, ‘अत्यन्तै कमजोर रहेकाले पनि सहयोग जुटाएर उपचारका लागि पहल भइरहेको छ । तर उहाँलाई थप उपचारका लागि सहयोगको एकदमै खाँचो छ ।’

उनले बालिकालाई उपचारका लागि काठमाडौं लैजाने तयारी भइरहे पनि आर्थिक समस्या पर्ने बताइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

तत्काललाई टर्यो सुदूरपश्चिम प्रदेशको राजनीतिक खटपट, समाजवादीका सोडारी मुख्यमन्त्री बन्ने

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले २ दिनभित्र मुख्यमन्त्री दाबी गर्न मंगलबार पुन...