साहित्यभित्रको फरक विचार : ‘समता’ खण्डकाब्यभित्र विद्रोहको त्यो दम

‘जन्मना जायते शुद्रः संस्कारात्द्धिज उच्यते

वेद पाठी भवेत् विप्रो व्रह्म जानाति ब्राह्मण ।’

साहित्यकार तुलसीप्रसाद भट्टराईको विचारमा विद्रोह छ र परिवर्तनको आवाज छ । 

मान्छे जन्मदाँ शुद्रका रुपमा जन्मिएको हुन्छ र पछि उ कर्म र उच्च संस्कारले मात्र महान बन्दछ । यो श्लोक नै काफी छ की ‘तँ ठूलो जाति वा सानो जाति’ भन्नेहरुका लागि । यसले को ठूलो र को सानो भन्ने प्रष्ट्याउँछ । 

जन्मने रीत एकै हो एकै हो कर्मको गति

सबै समान हो मान्छे शास्त्रको एक सम्मति ।’

‘समता’ खण्डकाब्यको श्लोक १५ मा उल्लेख गरिएको यो शब्दले जो जुनसुकै जात वा धर्ममा आश्रित व्यक्ति जन्मने रीत एउटै हो र सबै प्रक्रिया पनि एउटै हो भन्ने देखाउँछ । र स्वभाविक पनि हो । तर, मान्छेभित्र उमेर अर्थात् बोली आएपछि आफ्नो संस्कार खोज्न थाल्दछ र आफुले जे सिकेको छ, त्यसैलाई पछ्याउँछ । र उभित्र विस्तारै घमण्डको विकास हुँदै जान्छ । त्यसैको रुप हो जातीय प्रथा ।

अहिले कथित दलित जातिलाई धर्मका नाम जोडेर अपमान गरिन्छ । तर, कृतिकार भट्टराईले वेद, पुराण, गीता, धर्मशास्त्र, नीतिशास्त्र, बाइबल, कुरान आदीलाई केलाएर खण्डकाब्यमा प्रस्तुत गर्दै यसलाई उल्टाउने प्रयास गरेका छन् । किनकी उनको अध्ययन र प्रमाणले नै भन्छ, मानव मानव एउटै हो । 

नामले भिन्नता होला, भाषामा हुन्छ अन्तर

तर, संसारका सारा धर्म हुन्छन् बराबर (९०) ।

न धर्मसँग छुट्टिन्छ, न जातसँग भिन्न छ

छ इश्वर सधैँ साथ आफूसँगै अभिन्न छ । (श्लोक ९२)

साहित्यकार भट्टराईद्धारा लिखित ‘समता’ नामक खण्डकाब्यले यसलाई चिर्न खोजेको छ । मानव–मानव बीचको भेदभावलाई चिर्दै समुन्नत समाजको कल्पना गरेको छ । यो खण्डकाब्यले वेद, पुराण, गीता, धर्मशास्त्र, नीतिशास्त्र, बाइबल, कुरान आदीलाई सुक्ष्म अध्ययन गरी मानवताको पक्षमा वकालत गरेको छ । यसले मानव–मानवबीचको भेदभावविरुद्ध उत्रिन आह्वान गरेको छ ।

यति मात्र होइन, नेपाली समाजमा उच्च जाति र निम्न जाति, सम्पन्न वर्ग र विपन्न वर्ग, महिला र पुरुष तथा धर्म–धर्म बीचको खाडललाई पुर्ने प्रयास गरेको छ । 

यो खण्डकाब्यभित्र राखिएका सबै श्लोक पठनीय छन् । किनकी यसभित्र मानव अवस्थाको चित्र नै शब्दमा उतारिएको छ । एउटा दलितले नै यो खण्डकाब्य लेखेको भए यसलाई भावना मात्र हो भन्न सकिन्थ्यो । तथापि लेखक स्वयम् उच्च जाति भएकाले पनि यो खण्डकाब्य समाजका लागि पठनीय बन्न सक्छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, पूर्वमन्त्री जितु गौतम, साहित्यकारहरु डम्बर पहाडी, तिलकप्रसाद लुईटेल, रमेश सुभेच्छुक, श्याम केसी, कल्पना काफ्लेलगायतले समता खण्डकाब्यबारे टिप्पणी गर्दै भन्छन्, ‘समता’ नामक खण्डकाब्यले हिन्दु धर्मले कथित दलित जातीलाई होच्याइरहने परम्परा गलत भएको पुष्टि गर्छ र पुस्तक समाजको ऐनाको रुपमा प्रस्तुत हुनु लेखकीय क्षमता हो र पुस्तक समाज परिवर्तनको माध्यम बन्नुपर्छ । जुन ‘समता’ खण्डकाब्यभित्र त्यो दम छ । 


प्रतिकृया दिनुहोस

साताको लोकपृय

श्री पाथिभरा माताको दर्शन गर्दै हेर्नुहोस् आज शुक्रबारको राशीफल

Rasifal 1 12

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आर्थिक सङ्कटको निवारण हुनेछ । तर समय र नियमको अनुशासनलाई ...