भारतीय सिमानामा प्रवासी मजदुरको सागर, तर परीक्षण गर्ने किट छैन

D49a2116feb2aeebf63aa2b085b5c7d6 w1000 h500 cp

काठमाडौँ । रोजगारीका लागि भारतका विभिन्न सहर गएका नेपाली लस्करका लस्कर स्वदेश फर्किरहेका छन् । तर, किट अभावका कारण उनीहरूलाई स्वास्थ्य परीक्षण नगरी घर फर्काइँदै छ ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार आइतबार मात्रै गौरीफन्टा नाकाबाट तीन हजार नौ सय ५० जना भित्रिएका छन् । ३ जेठयता करिब साढे ११ हजार नेपाली फर्किएको उनले बताए ।

नाकामा स्वास्थ्य परीक्षण सम्भव नभएकाले सम्बन्धित स्थानीय तहहरूलाई क्वारेन्टाइनमा राख्न प्रदेश सरकारले समन्वय गरिरहेको प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बताए । ‘आरडिटी किट र जनशक्ति अभावले नाकामा स्वास्थ्य परीक्षण गर्न सकिएन, सबैलाई क्वारेन्टाइनमा राखेर १४ दिनभित्र जाँच गर्न स्थानीय तहहरूलाई भनेका छौँ,’ उनले भने ।

संघीय सरकारसँग आरडिटी किट माग गरिएको र प्रदेश सरकार आफैँले पनि खरिद गर्न लागेको मन्त्री सुवेदीले बताए । तीस हजार आरडिटी किट र पिसिआर जाँचका लागि दुई हजार भिटिएम खरिद प्रक्रिया प्रदेश सरकारले अगाडि बढाएको उनले बताए ।

प्रदेशभर हालसम्म २५ हजार एक सय ३८ जनाको कोरोना परीक्षण गरिएको छ । चार हजार चार सय ६ को पिसिआर र बाँकीको आरडिटी विधिबाट परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए ।

नेपालगन्ज नाका हुँदै भारतबाट फर्किएका नेपालीलाई स्वास्थ्य परीक्षण नगरी सम्बन्धित जिल्ला पठाउन थालिएको छ । यसले कोरोना संक्रमणको जोखिम बढाएको छ । यसअघि भारतबाट आउने नेपालीको तापक्रम नापेर मात्रै नेपाल भित्र्याउने गरिएको थियो ।

आइतबार दिनभर बेलहिया नाका व्यस्त रह्यो । नेपाली सुरक्षा निकाय भारतबाट फर्केका आफ्ना नागरिक ल्याउन र भारतीय सुरक्षाकर्मी आफ्ना नागरिक लैजान सक्रिय रहे  । तर, आउने–जाने कसैको पनि स्वास्थ्य परीक्षण भने गरिएन  ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डिएसपी खड्कबहादुर खत्रीका अनुसार आइतबार हजारभन्दा बढी नेपाली आएका छन् । त्यस्तै, नेपालमा रहेका ६ सयभन्दा बढी भारतीय फर्किएका छन् । ‘आउने क्रम अझै रोकिएको छैन,’ उनले भने । सिमानामा सेनिटाइज गरेर मात्र स्वदेश भित्र्याएको उनले बताए ।

रोजगारीका लागि भारतका विभिन्न सहर गएका सात सय ८९ जना पछिल्लो एक सातामा सप्तरी फर्किएका छन् । भारतमा कोरोनाको जोखिमका कारण बन्द गरिएको रेलसेवा पुनः सुरु भएपछि नेपाल प्रवेश गर्नेको संख्या बढ्न थालेको छ  ।

आइतबार मात्रै विभिन्न नाका हुँदै ६ महिलासहित ६८ जना प्रवेश गरेको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ  । भारतबाट फर्किएका सबैलाई घरनजिक पर्ने ३३ वटा क्वारेन्टाइनमा राखिएको छ  । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...